कारोबार


एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १४:४२, काठमाडौँ

देशमा रोजगारी अवसर नहुँदा वैदेशिक रोजगारीमा जाने युवाको लर्को थामिएको छैन। वैदेशिक रोजगार विभागले चैत महिनामा दोहोर्‍याएर फेरि काममा जाने २ लाख ९३ लाख २५७ जनालाई श्रम स्वीकृति दिएको छ। विभागको प्रशासन तथा योजना शाखाका अनुसार यो संख्या भनेको नयाँ श्रम स्वीकृति लिनेहरुको भन्दा धेरै हो।

श्रम विभागले चैत महिनाभरिमा वैदेशिक रोजगारीमा जानको लागि नयाँ १ लाख ९६ हजार ७७८ जना नेपालीलाई श्रम स्वीकृति दिएको छ।

‘वैदेशिक रोजगारीमा पहिलो पटक जाने भन्दा फर्किएर फेरि जानेहरु धेरै देखिएका  छन्’, विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले नेपालखबरसँग भने, ‘पुनः फर्किन श्रम स्वीकृति लिनेहरु २ लाख ९३ हजार २५७ जना छन्।’

चैत महिनाको प्रतिवेदन विभागले हिजो बिहीबार सार्वजनिक गरेको हो।

व्यक्तिगत, मेनपावर, पुनःप्रवेश, जीटूजी तथा कानुनीकरण शीर्षकमा गरी चैतमा ५ लाख ८७ हजार ३२२ जनाले श्रम स्वीकृति लिएको विभागको प्रतिवेदनमा छ।

वैदेशिक रोजगारी व्यवस्थित, मर्यादित बनाउन र भ्रस्टाचारको ‘इकोसिस्टम’ भत्काउन भनेर सुशीला कार्की सरकारले मिरा आचार्यलाई महानिर्देशक बनाएर पठाएको थियो। उनको नेतृत्वमा विभागले श्रमिकको हकहित संरक्षण गर्ने कामलाई तीब्रता दिइरहेछ। पछिल्लो समय श्रम स्वीकृति गर्ने प्रक्रिया पनि सजिलो पारिएको छ। तोकिएका कागजात राखेर निवेदन दिए उही दिन श्रम स्वीकृति पाइन्छ।

चैत महिनामा ठगिएको भन्दै विभागमा २१३  वटा उजुरी परेका थिए। तीमध्ये ११९ वटामा निर्णय भइसकेको विभागले जनाएको छ। २ वटा अभिमुखीकरण तालिम कम्पनीको लाइसेन्स रद्द गरिएको छ। लाइसेन्स नलिएका २ वटाको कारोबार बन्द गराएको छ। 

फागुनमा २१ मा निर्वाचन भएर चैतमा बालेन सरकार बने पनि रोजगारी खोज्दै विदेश जानेको लर्को नरोकिएको तथ्यांक निकै मार्मिक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad