कारोबार


केही समयका लागि पूरै सिलिन्डर खाना पकाउने ग्यास बजारमा पठाउने तयारी

केही समयका लागि पूरै सिलिन्डर खाना पकाउने ग्यास बजारमा पठाउने तयारी

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १६:२, काठमाडौँ

नेपाल आयल निगमले अब खाना पकाउने एलपी ग्यास पूरै सिलिन्डर बिक्री गर्न दिने भएको छ। 

व्यवसायीले आयात गरेको ग्यास बुलेट होल्ड हुने अवस्था सिर्जना भएसँगै निगमले केही समयका लागि पूरा सिलिन्डर ग्यास बिक्री गर्न दिने योजना बनाएको कार्यकारी निर्देशक डा. चण्डिका भट्टले जानकारी दिए। 

बजारमा देखिएको ग्यासको अभाव टार्न निगमले गत फागुन २८ गते आधा सिलिन्डरमात्रै ग्यास वितरण गर्ने निर्णय गरेको थियो। अहिले बजारमा ग्यासको अभाव नभएको सिलिन्डरको अभावमा व्यवसायीहरुले आयात गरेको बुलेट होल्ड हुने अवस्था रहेकाले केही समयमा लागि पूरै सिलिन्डर बिक्री गर्न निमगले दिन लागेको हो। 

निगमले आधार सिलिन्डर ग्यास बितरण गर्ने नीति लिएसँगै उपभोक्ताले ग्यास अभावको समस्या भोग्नु नपरे पनि व्यवसायीहरुले सिलिण्डरको अभावका कारण आयात गरेको ग्यास भर्न पाइरहेका छैनन्।

बुलेटमा होल्ड भएका ग्यास पूरै सिलिन्डर भरेर बजारमा पठाउन नियमले हालको व्यवस्था केही समयका लागि परिवर्तन गर्न लागेको हो। पूरै सिलिन्डर दिने व्यवस्था १५ देखि २० दिनका लागि हुने भट्ट बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad