आन्तरिक राजस्व विभागको महानिर्देशकबाट सहसचिव मदन दहाल विदा भएका छन्।
उनलाई अर्थ मन्त्रालयले ०८१ माघ ३० मा विभागमा लगेको थियो। उनले महानिर्देशकको रुपमा ०८१ फागुन १ देखि काम सुरु गरेका थिए। ०८३ वैशाख १४ अर्थात् सोमबार उनी विभागबाट विदा भएका हुन्।
महानिर्देशकको पदमा अवसर पाउँदा गौरवान्वित महशुस गरेको उल्लेख गर्दै उनले यो अवधिमा आफ्नो नेतृत्वमा विभागले विभिन्न ४७ वटा महत्त्वपूर्ण काम गरेको बताए।
दहालको कार्यकालमा विभागसँग सम्बन्धित ऐन, नियम, नीति, कार्यविधि, निर्देशिका, आदेश र मापदण्डमा काम भएको विभागले जनाएको छ। यसअनुसार एकीकृत कर प्रणालीका सबै परिपत्र डिजिटाइज गरिएको, आयकर निर्देशिका, अन्तःशुल्क निर्देशिका संशोधनसँगै एकीकृत करलेखा परीक्षण दिग्दर्शन (दोस्रो संशोधन) जारी गरिएको, कानुनी कार्यविधि र ढाँचा २०७४ (परिमार्जित संस्करण २०८२) प्रकाशन गरिएको विभागले जनाएको छ।
यस्तै अन्तर्राष्ट्रिय कर सहकार्य तथा अन्तर्राष्ट्रिय कराधार विस्तारमा काम भएको, संस्थागत क्षमता तथा प्रणालीगत सुधारमा काम गरेको, तत्काल गर्नुपर्ने सुधारका काम गरेको दहालले बताएका छन्।
उनका अनुसार देशको पछिल्लो राजनीतिक घटनाक्रमको कारण धेरै आन्तरिक राजस्व कार्यालयहरुको क्षतिको बाबजुद पनि गत आवको तुलनामा राजस्व संकलन चालू आवको चैत महिनामा १२.२२ प्रतिशत र चैतसम्म ५.९१ प्रतिशत वृद्धिदर रहेको छ। यसका लागि उनले सबै करदातालाई धन्यवाद दिएका छन्।
यस्ता छन् उनको नेतृत्वमा भएका ४७ काम
Shares

प्रतिक्रिया