कारोबार


जापान एयरलाइन्सको नयाँ प्रयोगः मान्छेको ठाउँमा अब रोबोट

जापान एयरलाइन्सको नयाँ प्रयोगः मान्छेको ठाउँमा अब रोबोट

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १३:१९, काठमाडौँ

टोकियोस्थित हानिदा विमानस्थल, टर्मिनल १ को दृश्य मे महिनादेखि फरक हुनेछ। सो विमानस्थलमा जापान एयरलाइन्सको कार्गो ह्यान्डिलिङ मानिस होइन मान्छे आकारका रोबोटले गर्नेछन्। २ सय ७९ जहाज भएको एयरलाइन्सले विमानस्थलमा गर्नुपर्ने ग्राउन्ड ह्यान्डिलिङका लागि रोबोट प्रयोग गर्ने तयारी गरेको हो।

यो परीक्षण करिब २ वर्षसम्म सञ्चालन हुनेछ। सुरुमा २ वटा ह्युमनाइड (मान्छेको जस्तै स्वरुप भएका) रोबोट प्रयोग गरिनेछ। यस अन्तर्गत कार्गो कन्टेनरहरु ओसार्ने र तिनलाई सुरक्षितसँग राख्न मेकानिकल लिभर चलाउने काम रोबटले गर्नेछ।

जापनको सबैभन्दा ठूलो यो वायुसेवा कम्पनीले कार्गो ह्यान्डिलिङपछि ब्यागेज लोडिङ, क्याबिन सरसफाई र ग्राउन्ड सपोर्टका लागि समेत रोबोट प्रयोग गर्ने योजनामा काम गरिरहेको जनाएको छ। 

प्रारम्भिक परीक्षणमा ह्युमनाइड रोबर्टले ग्राउन्ड ह्यान्डलिङको काम गर्दै।

बीबीसीका अनुसार मे महिनादेखि नै सबै काम रोबोटको जिम्मामा छोडिन लागेको भने होइन। सुरुमा सुरक्षा र व्यवहारिक प्रयोग कहाँ कहाँ हुन्छ भनेर पहिचान गर्न विमानस्थलको काम गर्ने शैलीको विश्लेषण गरिनेछ। 'सिमुलेटेड' र वास्तविकताको परीक्षण, उड्डयन सुरक्षाका कडा मापदण्ड पालना भए, नभएको सुनिश्चित गरिनेछ।

उड्डयन जनशक्ति अभाव रहेको जापानमा रोबोटलाई काम गराउने यो परीक्षण सफल भए विश्व नागरिक उड्डयन व्यवसायमै ठूलो फड्को हुनेछ। 

‘जहाजहरु बाहिरबाट हेर्दा निकै स्वचालित देखिए पनि 'ब्याक इन्ड'मा ठूलो मात्रामा मानवीय श्रम प्रयोग भइरहेछ। जापानले जनशक्ति अभावको सामना गरिरहेछ’, जीएमओ रोबोटिक्स एण्ड एआईका अध्यक्ष तोमोहिरो उचिदाले बताए। जापान एयरलाइन्सका लागि यही कम्पनीले रोबोटहरू बनाइरहेको हो।  जापानका केही विमानस्थलमा सुरक्षा प्रणाली र सानातिना कामका लागि पहिलैदेखि रोबोटहरु प्रयोगमा छन्। 

जापानका विमानस्थलहरुमा सुरक्षा पेट्रोलिङ र साना रिटेल पसलमा यसअघि नै रोबर्टको प्रयोग भइरहेछ।

जापानमा हवाई यात्राको माग बढ्दो छ। उड्डयन जनशक्तिको अभाव भइरहेछ। शारीरिक श्रम आवश्यक पर्ने ग्राउन्ड ह्यान्डिलिङका लागि त झनै जनशक्ति अभाव छ। 

३५ देशका २२० गन्तव्यमा उडान गर्ने यो वायुसेवा कम्पनीसँग ४ हजार जना ग्राउन्ड ह्यान्डलिङ कर्मचारी छन्। शारीरिक रूपमा निकै कठिन  मानिएको यो काम खप्टिएर पनि उनीहरुले गरिरहेछन्। ह्युमनाइड रोबोटको प्रयोगले सुरक्षा र दक्षताको स्तर कायम राख्दै यो बोझ कम गर्ने अपेक्षा छ।

जापान एयरलाइन्सले जीएमओ एआई रोबोटिक्ससँग मिलेर यो काम गरिरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad