कारोबार


अर्थमन्त्री वाग्ले र ट्रम्पका विशेष दूत गोरबीच २० मिनेट कुराकानी, विकास सहायताबारे छलफल

अर्थमन्त्री वाग्ले र ट्रम्पका विशेष दूत गोरबीच २० मिनेट कुराकानी, विकास सहायताबारे छलफल

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १६:४६, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसियाका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले भेटवार्ता गरेका छन्। 

अर्थ मन्त्रालयमा शुक्रबार अपराह्न उनीहरुबीच २० मिनेट भेटवार्ता भएको मन्त्रीको सचिवालयले जनाएको छ। 

बिहीबार नेपाल आइपुगेका गोरले शुक्रबार सरकारी अधिकारीसँगको भेटवार्तालाई तीव्रता दिएका छन्। उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गरेका छन्। 

अर्थमन्त्री वाग्लेसँगको भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad