कारोबार


व्यवसायी गोल्छामाथि बिमासम्बन्धी कसुरको अनुसन्धान हुँदै

व्यवसायी गोल्छामाथि बिमासम्बन्धी कसुरको अनुसन्धान हुँदै

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १२:४६, काठमाडौँ

सर्वोच्च अदालतको आदेशले रिहा भएका व्यवसायी शेखर गोल्छामाथि प्रहरीले अर्को कसुरमा अनुसन्धान अघि बढाउने भन्दै फेरि हिरासतमा राखेको छ।

विवादास्पद व्यवसायी दीपक भट्टसँग कारोबार देखिएपछि पक्राउ परेका गोल्छालाई सोमबार सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।

त्यसपछि गोल्छाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। तर, प्रहरीले उनलाई तत्कालै बिमासम्बन्धी कसुरमा पनि अनुसन्धान गर्नुपर्ने भन्दै नियन्त्रमा लिएको थियो।  

सीआईबीका प्रमुख एआईजी मनोज केसीका अनुसार गोल्छामाथि बिमा ऐन, २०७९ अन्तर्गत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई हिरासतमा नै राखिएको बताए। सोमबार राति ९ः३० बजे गोल्छालाई सीआईबीले पुनः नियन्त्रणमा लिएको थियो। 

प्रहरीले गोल्छालाई अर्को कसुरमा म्याद थपको तयारी गरेको छ।

यसअघि गोल्छा वैशाख १० गते पक्राउ गरेका थिए। त्यसपछि प्रहरीले गोल्छामाथि दुई पटक म्याद थप गरेको थियो, जसलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो। 

त्यसपछि प्रहरीले गोल्छालाई बिमासम्बन्धी कसुरका अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ पुर्जी थमाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad