हिजो तोलामा ५८ सय बढेको सुनको भाउ आज पनि बढेको छ।
सुनको भाउ तोलामा १८ सय बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य हिजो तोलामा ५८ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको थियो।
यसअघि गएको मंगलबार सुनको भाउ तोलामा ३८ सय रुपैयाँ घटेको थियो। त्यसयताका दुईदिन सुनकाे भाउ लगातार बढेको हो।
त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १ सय रुपैयाँ बढेर ५ हजार १५५ पुगेको छ। हिजो तोलामा १७५ रुपैयाँ बढेर चाँदीको भाउ तोलाको ५ हजार ५५ रुपैयाँ पुगेको थियो। दुई दिनमा चाँदीको भाउ पनि २७५ रुपैयाँ बढेको छ।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
Shares

प्रतिक्रिया