समाज


नेपालको स्वास्थ्य सेवामा ऐतिहासिक निर्णय: ३४ वर्षपछि ९७७ नयाँ स्थायी दरबन्दी

नेपालको स्वास्थ्य सेवामा ऐतिहासिक निर्णय: ३४ वर्षपछि ९७७ नयाँ स्थायी दरबन्दी

स्वास्थ्यमन्त्री निशा मेहता


नेपालखबर
बैशाख २४, २०८३ बिहिबार ११:५, काठमाडौँ

३४ वर्षपछि पहिलोपटक स्वास्थ्य सेवामा ठुलो संख्यामा जनशक्ति थप गरिँदै छ। 

निशा मेहता स्वास्थ्यमन्त्री बनेपछि स्वास्थ्य सेवामा ३ दशकयताकै ठुलो संख्या ९७७ नयाँ स्थायी दरबन्दीका लागि अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएको हो।

स्वास्थ्यमन्त्री मेहताको नेतृत्वमा अघि बढेको यो निर्णय अब मन्त्रिपरिषद्‌बाट स्वीकृत हुनासाथ लागु हुने उनको सचिवालयले जानकारी दिएको छ। 

‘क्याबिनेटबाट अन्तिम निर्णय हुनासाथ स्वास्थ्य क्षेत्रमा दशकौँपछिको सबैभन्दा ठुलो र ऐतिहासिक उपलब्धि हासिल हुनेछ’, सचिवालय स्रोतले नेपालखबरसँग भन्यो। 

देशको जनसंख्या ३ करोड पुग्दा पनि ३४ वर्षदेखि स्थायी दरबन्दीको ढाँचा पुरानै संयन्त्रमा खुम्चिएको थियो।

तीन दशकको रिक्ततापछि अहिले ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ पद सिर्जना गरिनु नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य सेवालाई आधुनिक र जनमैत्री बनाउने जग बसाल्ने निर्णायक कदम भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार यसअघि अन्तिमपटक २०४८ सालमा ठुलो स्तरमा दरबन्दी सिर्जना गरिएको थियो, जतिबेला देशको जनसंख्या १ करोड ८० लाख मात्र थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad