समाज


ट्राफिक कारबाही: बुधबार मात्रै २६ लाख ६० हजार राजस्व सङ्कलन

ट्राफिक कारबाही: बुधबार मात्रै २६ लाख ६० हजार राजस्व सङ्कलन

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार ११:७, काठमाडौँ

बितेका २४ घण्टामा काठमाडाैँ उपत्यकामा ट्राफिक कारबाहीबाट २६ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

दुई हजार १०५ सवारी चालकलाई सवारी नियम उल्लङ्घनको कारबाही हुँदा राज्यकोषमा २६ लाख ६० हजार राजस्व दाखिला भएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९३, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जना २४ घण्टाको बीमा कारबाहीमा परेका छन्। 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ७९ र अन्य सवारी नियम पालना नगरेका एक हजार १६४ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad