कारोबार


सोधानन्तर स्थितिमा सुधारः साढे ७ खर्ब नजिक बचत

सोधानन्तर स्थितिमा सुधारः साढे ७ खर्ब नजिक बचत

आर्थिक वर्ष २०८३/८४ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीले बुझेका छन्।


नेपालखबर
बैशाख २८, २०८३ सोमबार १९:४०, काठमाडौँ

चालू आर्थिक वर्ष २०८२/८३ को नौ महिना (साउन–चैत)मा चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले बचतमा छ। 

नेपाल राष्ट्र बैंकले गत चैत महिनासम्मको तथ्यांकमा आधारित भएर प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु खाता बचतमा रहेको उल्लेख छ।  अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब २२ अर्ब ६७ करोडले बचतमा थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले बचतमा रहेको चालु खाता यस वर्षको नौ महिनामा ४ अर्ब ३२ करोडले बचतमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।  

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारको सारांश नै चालु खाता सन्तुलन हो। चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ भने चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको बुझाउँछ। 

नौ महिनाको अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो। 

यसैगरी, साउन देखि चैतसम्ममा १४ अर्ब ५५ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको राष्ट्र बैंकको प्रतिवदेनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ९४ करोड रहेको थियो। 

त्यसैगरी, शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोडले बचतमा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको थियो। 

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो। शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad