सरकारले विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष र चार सदस्य नियुक्ति प्रक्रिया अघि बढाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान गर्दै बिहीबार सूचना निकालेको हो।
इच्छुक उम्मेदवारहरुले जेठ २१ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। सिफारिस समितिले दरखास्त दस्तुर तीन हजार रुपैयाँ तोकेको छ। आयोगमा एक अध्यक्षसहित चार सदस्य (कम्तीमा एक महिला) रहन्छन्।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेपछि ऊर्जा मन्त्रालयले वैशाख २१ गते आयोगका अध्यक्षसहित चार सदस्यहरुलाई पदमुक्त गरेको थियो।
आयोगको अध्यक्षबाट डा. रामप्रसाद धिताल तथा सदस्यहरु डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली अध्यादेशका कारण पदमुक्त भएका थिए।
Shares

प्रतिक्रिया