राजनीति


छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न सांसदको माग

छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न सांसदको माग

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १२:३२, काठमाडौँ

नेकपा (एमाले)का सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगञ्जमा व्याप्त विद्युत समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले नेपालकै बढी गर्मी हुने शहरमध्येको एक नेपालगञ्जमा अनियमित विद्युत कटौती र ‘लो भोल्टेज’का कारण सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बनेको बताएका छन्। अत्यधिक गर्मीको समयमा विद्युत सेवा भरपर्दो नहुँदा नागरिकको दैनिक जीवनयापन र बसाइ कठिन भएको उल्लेख गर्दै उनले यस विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। 

सभामुखमार्फत सरकारको विशेष ध्यानाकर्षण गराउँदै सांसद राईले बाँकेलगायतका गर्मी क्षेत्रमा देखिएको विद्युत्को प्राविधिक समस्या तत्काल समाधान गरी आपूर्ति सहज बनाउन माग गरेका छन्। ‘नेपालगञ्जमा अहिले विद्युतको अवस्था निकै दयनीय छ। लो भोल्टेज र छिनछिनमा बत्ती काटिने समस्याले आम नागरिक प्रताडित छन्,’ राईले भने। 

उनले बढ्दो तापक्रमबीच विद्युत सेवामा देखिएको अवरोधले स्वास्थ्य र व्यावसायिक क्षेत्रमा समेत असर पुगेको भन्दै यसतर्फ सरकारको तत्काल कदम आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad