कारोबार


१३ वर्षको बजेट : निरन्तर बढ्यो आकार तर बढेन खर्च

७५औँ बजेट ल्याउँदै छन् स्वर्णिम
१३ वर्षको बजेट : निरन्तर बढ्यो आकार तर बढेन खर्च

अर्थमन्त्री डा स्वर्णिम वाग्ले (फाइल तस्बिर)


नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १४:९, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ७५औँ बजेट ल्याउँदै छन्।

वि.सं. २००८ सालमा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्णशमशेरले पहिलोपटक ५ करोड २५ लाख ३१ हजार रुपैयाँको औपचारिक बजेट ल्याएका थिए।

त्यसयता बजेट परम्परा निरन्तर रुपमा चलिरहेको छ भने बजेटको आकार पनि हरेक वर्ष बढ्दै आएको छ। 

आर्थिक वर्ष २०७०/७१ यताका सरकारले ल्याएको बजेट तथ्यांक यहाँ प्रस्तुत गरिएको छ। आव २०७०/७१ मा तत्कालीन अर्थमन्त्री शंकर प्रसाद कोइरालाले ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएका थिए।

गत वर्ष अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका थिए। यस वर्ष अर्थमन्त्री स्वर्णिम वाग्लेले भने राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा माथि गएर बजेट ल्याउँदै छन्। 

हरेक वर्ष बढ्छ बजेटको आकार तर बढ्दैन खर्च
हरेक वर्ष सार्वजनिक हुने बजेट र खर्चको तुलनात्मक अध्ययन गर्दा हरेक वर्ष खर्चको अवस्था कमजोर देखिन्छ। ठूलो आकारमा बजेट ल्याउने तर खर्च गर्न नसक्ने प्रवृत्तिले खर्च गर्ने सरकारको क्षमतामाथि नै प्रश्न उठाएको छ। 

आर्थिक वर्ष २०७०/७१ को ५ खर्ब १७ अर्बको बजेटमा ४ खर्ब ३५ अर्ब ५ करोड २२ लाख रुपैयाँ यथार्थ खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। त्यस्तै आव २०७१/०७२ मा ६ खर्ब १८ खर्बको बजेट आएकामा कुल खर्च ५ खर्ब ३१ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ, आव २०७२/०७३ मा ८ खर्ब १९ अर्बको बजेट आएकामा ६ खर्ब १ अर्ब १ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ। 

आव २०७३/०७४ मा १० खर्ब ४८ अर्बको बजेट आएकामा ८ खर्ब ३७ अर्ब २४ करोड ७८ लाख रुपैयाँ मात्र खर्च भएको थियो। यता आर्थिक वर्ष २०७४/०७५ मा १२ खर्ब ७८ अर्बको बजेट आएकामा १० खर्ब ८४ अर्ब ६८ करोड २१ लाख रुपैयाँ खर्च भएको थियो।

त्यसैगरी २०७५/०७६ मा १३ खर्ब १५ अर्ब रुपैयाँको बजेटमध्ये ११ खर्ब १० अर्ब ४५ करोड ७१ लाख रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ। आर्थिक वर्ष २०७६/०७७ मा १५ खर्ब ३२ अर्बको बजेटमध्ये १० खर्ब ९१ अर्ब १३ करोड ५२ लाख रुपैयाँ मात्रै खर्च भएको छ। 

आव ०७७/०७८ मा १४ खर्ब ७४ अर्बको बजेट आएकामा ११ खर्ब ९६ अर्ब ६७ करोड ६० लाख मात्र खर्च भएको छ। त्यसैगरी आव २०७८/०७९ मा १६ खर्ब ४७ अर्ब (प्रतिस्थापन बजेट १६ खर्ब ३२ अर्ब) मध्ये १३ खर्ब १० अर्ब ८ लाख मात्रै खर्च भएको छ। यता आव २०७९/८० मा १७ खर्ब ९३ अर्बको बजेटमा १४ खर्ब २१ अर्ब ३२ करोड ७० लाख रुपैयाँ मात्र खर्च भएको छ। 

चालू आर्थिक वर्षको बजेटको खर्च पनि निराशाजनक छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार, जेठ १४ सम्ममा ६३ प्रतिशत बजेट मात्रै खर्च भएको छ। त्यसमा पनि विकास खर्च त झनै न्यून छ। 

कुन वर्षको बजेटको आकार कति?

  • बजेट २०७०/७१ : ५ खर्ब १७ अर्ब २४ करोड 
  • बजेट २०७१/७२ : ६ खर्ब १८ अर्ब १० करोड 
  • बजेट २०७२/७३ : ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ८४ हजार
  • बजेट २०७३/७४ : १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार
  • बजेट २०७४/७५ : १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार
  • बजेट २०७५/७६ : १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख
  • बजेट २०७६/७७ : १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख
  • बजेट २०७७/७८ : १४ खर्ब ७४ अर्ब ६४ करोड
  • बजेट २०७८/७९ : १६ खर्ब ४७ अर्ब ५७ करोड
  • बजेट २०७९/८० : १७ खर्ब ९३ अर्ब ८३ करोड
  • बजेट २०८०/८१ : १७ खर्ब ५१ अर्ब ३१ करोड
  • बजेट २०८१/८२ : १८ खर्ब ६० अर्ब ३० करोड
  • बजेट २०८२/८३ : १९ खर्ब ६४ अर्ब ११ करोड

कुन वर्ष कसले ल्याए बजेट? 
पछिल्लो एक दशकमा सात अर्थमन्त्रीले बजेट ल्याएका छन्। यसअनुसार आर्थिक वर्ष २०७०/७१ मा खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद्का अर्थमन्त्री शंकरप्रसाद कोइराला, २०७१/७२ र २०७२/७३ मा नेपाली कांग्रेसका डा. रामशरण महत, २०७३/७४ र २०७८/७९ मा नेकपा एमालेका विष्णुप्रसाद पौडेलले बजेट ल्याएका थिए। 

आव २०७८/०७९ मा पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएका थिए। तर सर्वोच्च अदालतले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रोचोटि गरेको संसद् विघटन खारेज गरिदिएपछि सरकार ढलेर नयाँ सरकार गठन भयो। नयाँ सरकारका अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटभन्दा १४ अर्ब ७४ करोड कम आकारको बजेट ल्याएका थिए। शर्माले ०७८ भदौमा कुल १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँबराबरको प्रतिस्थापन बजेट प्रस्तुत गरेका थिए। 

त्यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा, २०७५/७६, २०७६/७७ र २०७७/७८ मा नेकपा एमालेका डा. युवराज खतिवडा, २०७९/८० मा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा र चालू आर्थिक वर्ष २०८०/८१ मा नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले बजेट ल्याएका थिए। 

आव २०८१/८२ मा वर्षमान पुनले संसदमा बजेट प्रस्तुत गरेका थिए भने गत वर्ष अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट प्रस्तुत गरेका थिए। 

१३ वर्षको बजेट, कुन कस्तो? 

बजेट २०७०/७१ (अर्थमन्त्री शंकर प्रसाद कोइराला, ०७० असार ३०) 
आकार : ५ खर्ब १७ अर्ब २४ करोड 
चालू : ३ खर्ब ५३ अर्ब ४२ करोड (६८.३३ प्रतिशत) 
पुँजीगत : ८५ अर्ब १० करोड (१६.४५ प्रतिशत) 
वित्तीय : ७८ अर्ब ७२ करोड (१५.२२ प्रतिशत) 
चालू वर्षको संशोधित अनुमानको तुलनामा ३९.७५ प्रतिशतले बढी 

बजेट २०७१/७२ (अर्थमन्त्री डा. रामशरण महत, ०७१ असार २९, आइतबार) 
आकार : ६ खर्ब १८ अर्ब १० करोड 
चालू : ३ खर्ब ९८ अर्ब ९५ करोड ११ लाख ९५ हजार (६५.५ प्रतिशत) 
पुँजीगत : १ खर्ब १६ अर्ब ७५ करोड ५० लाख ४२ हजार (१८.९ प्रतिशत) 
वित्तीय : १ खर्ब २ अर्ब ३९ करोड ३७ लाख ६३ हजार (१६.६ प्रतिशत) 
चालू वर्षको तुलनामा १९.५ प्रतिशतले बढी 

बजेट २०७२/७३ (अर्थमन्त्री डा. रामशरण महत, ०७२ असार २९, मंगलबार) 
आकार : ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ८४ हजार
चालू : ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार (५९.१ प्रतिशत) 
पुँजीगत : २ खर्ब ८ अर्ब ८७ करोड ७२ लाख ४२ हजार (२५.५ प्रतिशत) 
वित्तीय : १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार (१५.४ प्रतिशत) 
चालू आवको तुलनामा ३२.६ प्रतिशतले बढी 

बजेट २०७३/७४ (अर्थमन्त्री विष्णुप्रसाद पौडेल, ०७३ जेठ १५, शनिबार) 
आकार : १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार
चालू : ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार (५८.९ प्रतिशत) 
पुँजीगत : ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार (२९.७ प्रतिशत) 
वित्तीय : १ खर्ब १९ अर्ब ८१ करोड ९ लाख (११.४ प्रतिशत) 
चालू वर्षको तुलनामा २८ प्रतिशतले बढी 

बजेट २०७४/७५ (अर्थमन्त्री कृष्णबहादुर महरा, ०७४ जेठ १५, सोमबार) 
आकार : १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार
चालू : ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार (६२.८ प्रतिशत) 
पुँजीगत : ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार (२६.२ प्रतिशत) 
वित्तीय : १ खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ (२१.९ प्रतिशत) 
चालू वर्षको तुलनामा २१.९ प्रतिशतले बढी 

बजेट २०७५/७६ (अर्थमन्त्री डा. युवराज खतिवडा, ०७६ जेठ १५, मंगलबार) 
आकार : १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख
चालू : ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख (६४.३ प्रतिशत) 
पुँजीगत : ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख (२३.९ प्रतिशत) 
वित्तीय : १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख (११.८ प्रतिशत) 

बजेट २०७६/७७ (अर्थमन्त्री डा युवराज खतिवडा, ०७६ जेठ १५, बुधबार) 
आकार : १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख 
चालू : ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख (६२.४ प्रतिशत) 
पुँजीगत : ४ खर्ब ८ अर्ब ५९ लाख (२६.६ प्रतिशत) 
वित्तीय : १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख (११ प्रतिशत) 

बजेट २०७७/७८ (अर्थमन्त्री डा युवराज खतिवडा, ०७७ जेठ १५, बिहीबार) 
आकार : १४ खर्ब ७४ अर्ब ६४ करोड 
चालू : ९ खर्ब ४८ अर्ब ९४ करोड (६४.४ प्रतिशत) 
पुँजीगत : ३ खर्ब ५२ अर्ब ९१ करोड (२३.९ प्रतिशत) 
वित्तीय : १ खर्ब ७२ अर्ब ७९ करोड (११.७ प्रतिशत) 

बजेट २०७८/७९ (अर्थमन्त्री विष्णुप्रसाद पौडेल, ०७८ जेठ १५) 
आकार : १६ खर्ब ४७ अर्ब ५७ करोड 
चालू : ६ खर्ब ७८ अर्ब ६१ करोड (४१.२ प्रतिशत) 
पुँजीगत : ३ खर्ब ७४ अर्ब २६ करोड (२२.७ प्रतिशत) 
वित्तीय : २ खर्ब ७ अर्ब ९७ करोड (१२.६ प्रतिशत) 

बजेट २०७९/८० (अर्थमन्त्री जनार्दन शर्मा, ०७९ जेठ १५, आइतबार) 
आकार : १७ खर्ब ९३ अर्ब ८३ करोड 
चालू : ७ खर्ब ५३ अर्ब ४० करोड (४२ प्रतिशत) 
पुँजीगत : ३ खर्ब ८० अर्ब ३८ करोड (२१.२ प्रतिशत) 
वित्तीय : २ खर्ब ३० अर्ब २२ करोड (१२.८ प्रतिशत) 

बजेट २०८०/८१ (अर्थमन्त्री डा प्रकाश शरण महत, ०८० जेठ १५, सोमबार) 
आकार : १७ खर्ब ५१ अर्ब ३१ करोड 
चालू : ११ खर्ब ४१ अर्ब ७८ करोड (६५.२० प्रतिशत) 
पुँजीगत : ३ खर्ब २ अर्ब ७ करोड (१७.२५ प्रतिशत) 
वित्तीय : ३ खर्ब ७ अर्ब ४५ करोड (१७.५५ प्रतिशत) 
राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड 

बजेट २०८१/८२ (अर्थमन्त्री वर्षमान पुन)
आकार : १८ खर्ब ६० अर्ब ३० करोड
चालू : ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत)
पुँजीगत : ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत)
वित्तीय व्यवस्था : ३ खर्ब ६७ अर्ब २८ करोड (१९.७४ प्रतिशत)
राजस्वबाट : १२ खर्ब २० अर्ब ३० करोड 

बजेट २०८२/८३ (अर्थमन्त्री विष्णुप्रसाद पौडेल)
आकार : १९ खर्ब ६४ अर्ब ११ करोड
चालू : ११ खर्ब ८० अर्ब ९८ करोड (६०.१ प्रतिशत)
पुँजीगत : ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत)
वित्तीय व्यवस्था : ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत)
राजस्वबाट : १३ खर्ब १५ अर्ब

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad