कारोबार


नेपाल टेलिकममा सरकारको सेयर स्वामित्व ६६ प्रतिशतमा सीमित गरिने

नेपाल टेलिकममा सरकारको सेयर स्वामित्व ६६ प्रतिशतमा सीमित गरिने

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १६:४५, काठमाडौँ

सरकारले आगामी पुसभित्रै नेपाली टेलिकममा आफ्नो ६६ प्रतिशत मात्रै स्वामित्व राखेर बाँकी हिस्सा सर्वसाधारणलाई बेच्ने भएको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुसभित्रै टेलिकममा सरकारको स्वामित्व ६६ प्रतिशतमा सीमित गर्ने घोषणा गरेका हुन्।

हाल टेलिकममा संस्थागत लगानीकर्ताको हिस्सा ९१.५३ प्रतिशत छ भने सर्वसाधारणको हिस्सा ८.४७ प्रतिशत छ। सरकारको नाममा ६६ प्रतिशत राखेर बाँकी हिस्सा पुसभित्र जनस्तरमा बिक्री गर्ने वाग्लेले बताए। 

'प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौँ,' वाग्लेले भने। यसअघि पनि टेलिकममा सरकारको स्वामित्व घटाउँदै जाने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको थिएन। यसपटक भने सरकारले समयसीमा नै तोकेर टेलिकममा सर्वसाधारणको हिस्सा बढाउने नीति लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad