कारोबार


भ्याटको बहुदर लागू नभएको अर्थमन्त्री वाग्लेको दाबी

भ्याटको बहुदर लागू नभएको अर्थमन्त्री वाग्लेको दाबी

नेपालखबर
जेठ १७, २०८३ आइतबार १८:११, काठमाडौँ

अर्थमन्त्री स्वर्णिम वाग्लेले मूल्यअभिवृद्धि कर (भ्याट)को बहुदर लागू नभएको दाबी गरेका छन्।

जेठ १५ गते संसदमा प्रस्तुत भएको बजेटमा अर्थमन्त्रीले एकातिर भ्याटको बहुदरको सम्भाव्यता अध्ययन गर्न समिति बनाउने भनेर बजेट छुट्याएका छन् भने अर्कोतर्फ उपभोग्य सामानमा १३ प्रतिशत र विद्युतमा पाँच प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेका छन्। 

बजेटका सन्दर्भमा प्रस्टीकरण दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले अहिले लागू भएको दुई दरलाई बहुदर भन्न नमिल्ने दाबी गरे। 

उनले भने, ‘अहिले भ्याटको बहुदर लागू भएको छैन। रिड्युस्ड (घटाइएको) दर लागू भएको हो। बहुदरका सम्बन्धमा समितिले अध्ययन गरेर प्रतिवेदन दिएपछि सोही आधारमा निर्णय हुन्छ।’

नेपालमा भ्याटको बहुदर लागू गर्न नसकिने प्रारम्भिक आकलन रहेको वाग्लेले बताए। 

‘करका विज्ञहरुले नेपालमा भ्याटको बहुदर लगाउन सम्भव नरहेको सुझाव दिइरहनुभएको छ। यसैबाट समस्या सिर्जना हुनसक्छ भन्ने प्रतिक्रिया आइरहेको छ। बहुदर लागू हुँदा उच्च दरमा रहेको भ्याटलाई तल्लो दरमा ल्याउन लबिङ हुने, करछलीको अवस्था आउने भन्ने सुझाव आइरहेको छ’, वाग्लेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad