नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण तथा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग ६ जुन २०२६ मा नयाँ दिल्लीमा सम्पन्न द्विपक्षीय भेटवार्तामा भएका सहमतिहरुको स्वागत गरेको छ।
व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलगायत विषयमा भएको व्यापक समीक्षा तथा नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि र क्षमता अभिवृद्धिमा सहकार्य विस्तार गर्ने प्रतिबद्धतालाई संघले सकारात्मक रूपमा लिएको छ।
भारतको यूपीआई र नेपालको एनपीआईबीच सुरु गरिएको पर्सन टु पर्सन (पीटुपी) भुक्तानी प्रणालीलाई संघले अत्यन्त सकारात्क उपलब्धिको रूपमा लिएको छ। यसले सीमापार रेमिट्यान्स, पर्यटन तथा साना व्यवसायिक कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ।
साथै, डिजिटल इन्डिया भाषिनी र काठमाडौं विश्वविद्यालयबीच भएको समझदारीले भाषा प्रविधि तथा डिजिटल नवप्रवर्तनमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास संघले लिएको छ।
साथै, संघ दुवै सरकारलाई निम्न विषयमा विशेष प्राथमिकता दिन आग्रह समेत गरेको छ :
- व्यापार पूर्वाधार तथा सीमा नाकाहरूको आधुनिकीकरण
क्नेक्टिभिटी सम्बद्ध पूर्वाधार विकास तथा ऊर्जा सहकार्य नेपाल–भारत आर्थिक सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण आधारहरु भएको हुँदा पूर्वाधार विकास, जलविद्युत् आयोजना, प्रसारणलाइन तथा दीर्घकालीन विद्युत् व्यापार व्यवस्थाको कार्यान्वयनलाई तीव्रता दिन संघले विशेष आग्रह गरेको छ।
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) नेपाल र भारतबीच व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा आर्थिक साझेदारीलाई थप सुदृढ बनाउन तथा सहजीकरण गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।
Shares

प्रतिक्रिया