विवादास्पद व्यापारी दीपक भट्टले शंकर समूहको जगदम्बा स्टिल्ससँग व्यवसायिक वा व्यक्तिगत सम्बन्ध नभएको दाबी गर्दै करिब पाँच वर्षअघि सानेपामा करिब ५४ आना जग्गा खरिद गर्ने प्रस्तावका कारण मात्र कारोबार भएको बयान दिएका छन्।
विशेष अदालतले भट्टसहित चार जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता गरेको छ। उच्च अदालत पाटनको वाणिज्य इजलासमा बिहीबार दर्ता गरिएको मुद्दामा भट्टसँगै सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाइएको छ।
सोही मुद्दामा भट्टले जगदम्बा स्टिल्सले उक्त जग्गा खरिद गर्न बैनास्वरूप विभिन्न चरणमा १५ करोड, १४ करोड, १६ करोड र थप ९ करोड ५० लाख रुपैयाँ गरी कुल ५४ करोड ६० लाख रुपैयाँ सिद्धार्थ बैंकको खातामा जम्मा गरेको बयान दिएका हुन्।
जगदम्बा स्टिल्सले सानेपाको कित्ता नं. ८७८, ८८० र ८८२ का जग्गा खरिद गर्ने उद्देश्यले रकम दिएको तर कम्पनीले पछि आर्थिक कारण देखाउँदै जग्गा खरिद गर्न अस्वीकार गरेको बयान दिएका छन्। भट्टले त्यसपछि आफ्नो सिद्धार्थ बैंकको खाताबाट जगदम्बा स्टिल्सलाई सावाँ तथा ब्याजसहित ७५ करोड २६ लाख रुपैयाँ फिर्ता गरेको दाबी गरेका छन्।
दीपक भट्ट र सुलभ अग्रवालसहित चार जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता, ४२ करोड बिगो
यस्तो छ भट्टको बयान
म जगदम्बा स्टिल्सका सञ्चालक शाहिल अग्रवाल, शंकरलाल अग्रवाल र शुलभ अग्रवाललाई समेत म राम्रोसँग चिन्दछु जान्दछु। निजहरूसँग मेरो लामो समय देखि चिनजान रहेको निजहरुसँग मेरो व्यावसायिक सम्बन्ध नरहेको। निजहरुसँग कहिले काँही व्यक्तिगत लेनादेना कारोवार पनि हुने गरेको छ। जगदम्बा स्टिल्स लि. सँग व्यवसायिक तथा व्यक्तिगत सम्बन्ध नरहेको साथै जगदम्बा स्टिल्स प्रा. लि.सँग करिव पाच वर्षअघि जगदम्बा स्टिल्सले व्यवसायिक प्रयोजनको लागि जग्गा खोजि रहेको बखत शुलभ तथा शाहिल अग्रवाल मार्फत मेरो नाममा रहेको ललितपुर महानगरपालिका स्थित अन्दाजी ५४ आना जग्गा खरिद प्रस्ताव गरेको र सोही कारोवारको सम्बन्धमा मात्र उक्त संस्थासँग मेरो कारोवार भएको हो।
जगदम्बा स्टिल्स लि. ले मेरो नाममा रहेको ललितपुर महानगरपालिका वडा नं २ सानेपा स्थित जग्गा खरिद गर्ने प्रयोजनार्थ लागि वैना वापतको रकम मध्येको रु. १५ करोड (चेक नं. ३०१५०३२३९३) मार्फत मेरो नाममा संचालनमा रहेको सिद्धार्थ बैंकको खातामा रहेको आएको रकम हो। मेरो जगदम्बा स्टिल्स लिमिटेडसँग व्यवसायिक तथा व्यक्तिगत सम्बन्ध नरहेको साथै जगदम्बा स्टिल्स लि.सँग करिव ५ (पाँच) वर्ष अधि जगदम्बा स्टिल्स लिमिटेडले व्यवसायिक प्रयोजनको लागि जग्गा खोजी रहेको बखत शुलभ अग्रवाल र शाहिल अग्रवाल मार्फत मेरो नाममा रहेको ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं २ सानेपा स्थित अन्दाजी ५४ आना जग्गा खरिद प्रस्ताव गरेको र सोही प्रयोजनका लागी मात्र मेरो उक्त लिमिटेडसँग कारोवार भएको हो।
उक्त जग्गा खरिद गर्ने प्रयोजनार्थ बैना वापतको रकम रु. १५ करोड, रु. १४ करोड र रु.१६ करोड मेरो नाममा संचालनमा रहेको सिद्धार्थ बैंक लि. को खातामा जम्मा भएको हो। जगदम्बा स्टिल्स लि.ले मेरो नाममा रहेको ललितपुर महानगरपालिका, बडा नं २ (ग) स्थित कित्ता नं. ८७८ (क्षेत्रफल ०- १२-०-०), ८८० (क्षेत्रफल ०-१३-२-०) र ८८२ (क्षेत्रफल १-१४-०-३) जग्गा खरिद गर्ने भनि उक्त कम्पनीसँग बैना बापतको रु. १५ करोड, रु. १४ करोड र रु. १६ करोड लिएको सम्बन्धमा मैले माथि खुलाई लेखाई दिईसकेको छु। थप रु.९ करोड ५० लाख मैले सोही जग्गा बैना बापत थप लिएको हो। जगदम्बा स्टिल्स लि. को आ.व. २०७८/७९ र २०७९/८० को वित्तीय प्रतिवेदनहरुमा सो बैना रकम अग्रीम भुक्तानीको रुपमा क्रमशः रु ६० करोड ६१ लाख र रु.६८ करोड ६४ लाख सम्बन्धमा जगदम्बा स्टिल्स लि.ले आर्थिक बर्ष अनुसार ब्याज थप गरी रेकर्ड राखेको होला।
जगदम्बा स्टिल्स लि.ले उक्त जग्गा खरिद गर्न असमर्थता जनाए पछि मैले साँवा ब्याज सहित फिर्ता गरेको हो। जगदम्बा स्टिल्स लि.ले मेरो नाममा रहेको ललितपुर महानगरपालिका, बडा नं २ (ग) स्थित कित्ता नं. ८७८ (क्षेत्रफल ०-१२००), ८८० (क्षेत्रफल ०- १३-२-०) र ८८२ (क्षेत्रफल १-१४-०-३) जग्गा खरिद गर्न मैले जगदम्बा स्टिल्स लि.बाट बैना बापत ५४ करोड ६० लाख प्राप्त गरेको हो। जगदम्बा स्टिल्स लि.ले उक्त जग्गा खरिद गर्न आर्थिक कारणले असमर्तथता जनाएपछि साँवा ब्याज सहित फिर्ता गरेको हो। बैंकबाट कर्जा लिने व्यक्ति म होईन। कर्जा सम्बन्धमा जगदम्बा स्टिल्स लि. नै जिम्मेवार हुनुपर्छ। जगदम्बा स्टिल्स लि. र एनआइएमबी NIMB बैंकको कारोबारको विषय मलाई थाहा हुने विषय होइन।
जगदम्बा स्टिल्स लि. ले बैना गरेको जग्गा खरिद गर्न असमर्तथता जनाए पछि ब्याज सहित कानून बमोजिम फिर्ता गरेको हो। जगदम्बा स्टिल्स लि. ले के कुन प्रयोजनको लागी लिएको लोन रकम के कुन प्रयोजनमा प्रयोग गन्यो मलाई जानकारी हुने विषय होईन। म जगदम्बा स्टिल्स लि.को साजेदार, लगानीकर्ता, बोर्ड तथा व्यवस्थापन सदस्य कुनै पनि होईन। त्यसैले जगदम्बा स्टिल्स लि.ले लिएको कुन लोन कहाँ प्रयोग गन्यो भन्ने मलाई जानकारी हुने विषय होईन। मेरो योजना र मिलेमतोमा प्रवाहित उल्लिखित कर्जाहरुको दुरुपयोग भएको होईन र छैन। मेरो नाममा रहेको ललितपुर महानगरपालिका बडा नं २ ( ग ) स्थित कित्ता नं. ८७८ ( क्षेत्रफल ०-१२-०-०), ८८० (क्षेत्रफल ०- १३-२-०) र ८८२ (क्षेत्रफल १-१४-०-३) जग्गाको बैना प्रयोजनको लागी भन्ने जवाफ मैले खुलाई लेखाई दिईसकेको छु।
मैले जगदम्बा स्टिल्स लि.सँग बैना बापत उक्त कम्पनीबाट रु. ५४ करोड ६० लाख लिएको हो। जगदम्बा स्टिल्स लि.ले उक्त जग्गा खरिद गर्न असमर्तथता जनाए पछि मैले मेरो सिद्धार्थ बैंक लिमिटेडको खाता नं ००११५०३६८०६ बाट जगदम्बा स्टिल्स प्रा.लि. लाई बैंकबाट साँवा व्याज समेत गरी रु.७५,२६,३२,१३२।५७ फिर्ता भुक्तानी गरेको हो। शंकर ग्रुपका पारिवारिक शंकरलाल अग्रवाल, ललिता अग्रवाल, शुलभ अग्रवाल, शाहिल अग्रवाल, शुभी अग्रवाल, कृषिव अग्रवाल, जाना अग्रवालसँग मेरो व्यक्तिगत चिनजान रहेको छ। शंकरलाल अग्रवाल, शाहिल अग्रवाल र शुलभ अग्रवालसँग समय समयमा लेनादेना हुने गरेको छ।
ललिता अग्रवाल, शुभी अग्रवाल, कृषिव अग्रवाल, जाना अग्रवालसँग सापटी लिने दिने क्रममा जाना अग्रवाल, कृषिव अग्रवाल, शुभी अग्रवाल, ललिता अग्रवालको खाता मार्फत जम्मा वा भुक्तानी हुने गरेको हो। मेरो वार्षिक कारोबार के कति रहेको छ एकिन भन्न सक्दैन तर बार्षिक आय अन्दाजी ३० करोड हुने गरेको छ। जगदम्बा स्टिल्स लि. लाई मैले बैंक खाताबाट जग्गा बैना फिर्ता बापतको साँवा व्याज समेत गरी रु. ७५, २६,३२,१३२। ५७ फिर्ता गरेको हो शाहिल अग्रवाल, शुलभ अग्रवाल, शंकरलाल अग्रवाल, कृषिव अग्रवाल, शुभी अग्रवाल, जाना अग्रवाल, ललिता अग्रवालसँग मेरो समय समयमा व्यक्तिगत लेनदेन हुने भएको हुँदा निजहरुको खाता मार्फत मेरो सिद्धार्थ बैंकको खातामा सापटी लिएको रकम जम्मा भएको हो।
मैले शाहिल अग्रवाल, शुलभ अग्रवाल, शंकरलाल अग्रवाल, कृषिव अग्रवाल, शुभी अग्रवाल, जाना अग्रवाल, ललिता अग्रवालसँग हो। आयुस्मा नेपाल भट्ट मेरो श्रीमती हुन्। अन्जना नेपालले मेरो खातामा जम्मा गरेको रकम सासु अन्जना नेपालले डिभिडेन्ट तिरेर आर्जन गरेको रकम हो। मेरो सिद्धार्थ बैंक लिमिटेडको खाता नं ००११५०३६८०६ मा इन्फिनिटी होल्डिङ प्रालि Infinity Holding Pvt. Ltd. को खाताबाट सन् 15-06-2025 मा रु. २९,४१,०००/- (चार करोड उनान्तिस लाख) जम्मा भएको रकम Advance हो वा dividend हो हाल एकिन भन्ने सक्दैन। शाहिल अग्रवाल, शुभी अग्रवाल, कृषिव अग्रवाल, ललिता अग्रवाल, जाना अग्रवाल समेतसँग सापटी के प्रयोजनको लागि लिएको हो हाल एकिन भन्न सक्दैन।
जगदम्बा स्टिल्स लि. लाई सावाँ ब्याज समेत तिरेको रु. ७५,२६,३२,१३२।५७ को स्रोत हाल खुलाउन सक्दैन पछि कारोबार हेरेर भन्न सक्छु भन्ने व्यहोराको मिति २०८३/०१/१७ गते र मिति २०८३/०१/२१ गतेको प्रतिवादी दीपक भट्टको बयान।
Shares

प्रतिक्रिया