कारोबार


भारत–नेपाल सीमा क्षेत्रमा नक्कली खुकुरी चुरोटको बिगबिगी

भारत–नेपाल सीमा क्षेत्रमा नक्कली खुकुरी चुरोटको बिगबिगी

नेपालखबर
असार २३, २०८३ मंगलबार १५:५६, काठमाडौँ

शिखर ब्रान्ड र सूर्य नेपाल प्रालिद्वारा उत्पादित खुकुरी ब्रान्डको नक्कली चुरोट भारत–नेपालको सीमा क्षेत्रमा बिक्री भइरहेको छ। 

नेपालमा उत्पादन हुने खुकुरी चुरोटको दुरुस्तै देखिने प्योकेट भारतीय बजारमा बिक्री भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। 

उक्त नक्काली खुकुरी चुरोट भारतको उत्तर प्रदेशको बहराइज जिल्लास्थित नानपारा एउटा घरमा बनाउने गरिएको छ।

ती चुरोट मिहिपुरवा, बलै गाउँ, मोतीपुर, रुपैडिहा, नानपारा, नवाबगन्ज, श्रावस्ती, जमुनाहा, मल्लीपुर लगायतका सीमावर्ती क्षेत्रहरूमा बिक्री हुँदै आएको छ। 

ती नक्कली चुरोटहरु सीमावर्ती क्षेत्रका तरकारी बजार आसपासका पान पसलहरुमा बिक्री भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। यो चुरोट तस्करीका मध्यमबाट नेपाल पनि पठाइने गरिएको छ। 

वैध रुपमा नेपालमा कारखाना खोलेर राज्यको नीति नियमअनुसार कर तिरेर सक्कली खुकुरी चुरोट उत्पादन हुने भएकाले महँगो पर्छ। सक्कलीको तुलनामा नक्कली चुरोट सस्तो हुने भएकाले नाफा कमाउने उद्देश्यले यी क्षेत्रमा नक्कली खुकुरी चुरोटको धन्दा चलिरहेको छ। 

जसले गर्दा नक्कली चुरोटको बिक्री मौलाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad