कारोबार


४१ अंकले बढ्यो सेयरबजार, साढे ५ अर्बको कारोबार

४१ अंकले बढ्यो सेयरबजार, साढे ५ अर्बको कारोबार

नेपालखबर
साउन ४, २०८३ सोमबार १५:१३, काठमाडौँ

सेयरबजार आज ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा चढेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन कारोबार पनि ५ अर्ब ५१ करोड नाघेको छ। 

१ करोड २२ लाख कित्ता किनबेचसँगै उक्त परिमाणमा कारोबार भएको हो। 

सोमबार २३९ वटा सेयरको मूल्य बढ्दा ३२ वटाको घटेको र ५ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। यस दिन एभरेस्ट कलर लिमिटेड र रिजलाइन इनर्जी नेपालको सेयर १४.९७ र १४.६४ प्रतिशतले बढेका छन्। बाँकी सेयरहरु अधिकतम १०.९५ प्रतिशतसम्म उकालो लागेका छन्। 

यस्तै सेयरहरु सोमबार ६.८६ प्रतिशतसम्मले घटेका छन्। आज आखुखोला जलविद्युत् कम्पनीको सर्वाधिक २९ करोडको कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको २४ करोड, रिडी पावर २० करोडको किनबेच भएको छ। 

साताको पहिलो कारोबार दिन सामूहिक लगानी कोष समूह घटे पनि बाँकी सबै बढेका छन्। 

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति, नयाँ कार्यक्रम घोषणासँगै सरकारी तहबाट पुँजीबजार सुधारतर्फ दिइएका चासोले केही दिनयता सेयरबजारमा सकारात्मक प्रभाव पर्न थालेको देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad