नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्षको मौद्रिक नीति आगामी साउन ५ गते सार्वजनिक गर्ने भएको छ।
यसका लागि राष्ट्र बैंकले सरोकारवाला निकाय तथा तालुकदार निकायहरुसाथ छलफल गरिसकेको छ।
आगामी आर्थिक वर्षको लागि आउने मौद्रिक नीतिले बजेट, नीति तथा कार्यक्रमले समेट्न नसकेका राहात प्याकेज समेत ल्याउने भएको छ।
त्यस्तै राष्ट्र बैंकले व्यवसायीदेखि सर्वसाधारणसम्मलाई राहत दिन स्प्रेडदर घटाउनेछ। विगतभन्दा केही फरक योजना ल्याउने तयारीमा राष्ट्र बैंक रहेको छ।
3
Shares

प्रतिक्रिया