कारोबार


कहिले सकिन्छ पुरातात्विक सम्पदाको पुनर्निर्माण?

कहिले सकिन्छ पुरातात्विक सम्पदाको पुनर्निर्माण?

नेपालखबर
असार २९, २०७७ सोमबार १०:१७,

संसदको विकास तथा प्रविधि समितिले पुनर्निर्माणको क्रममा रहेका पुरातात्विक सम्पदाहरुको स्थलगत अनुगमन गरेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहजिकरणमा समितिले धरहरा, काष्ठमण्डप, रानीपोखरी र सिंहदरबार पुनर्निर्माणको अनुगमन गरेको हो। अहिले कोरोना संक्रमणको जोखिमकैबीच स्वास्थ्य सुरक्षाका उपाय अपनाएर निर्माण कार्य भइरहेको छ।

समिति सभापति कल्याणी कुमारी खड्काले भूकम्प गएको लामो समयसम्म काम हुन नसकेपनि पछिल्लो २ वर्षयता निर्माणको कामले गति लिएको बताइन्। स्थानीय स्तरमा उत्पन्न विभिन्न विवादका कारण सुरुमा निर्माण कार्य ढिलो भएपनि पछिल्लो २ वर्षयता निर्माणले गति लिएको उनले बताइन्।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीको काम आगामी २ महिनाभित्र पुरा हुने बताए। धरहरा र काष्ठमण्डपको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ भइरहेको उनले बताए।

भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुर्ननिर्माणको काम पछिल्लो समय तिव्र गतिमा भइरहेको छ। प्राधिकरणले कोरोना संक्रमणको जोखिमकाबीच विभिन्न स्वास्थ्य मापदण्ड बनाएर निर्माणका कामलाई तिव्रता दिइएको बताएको छ। कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि केही समय पुनर्निर्माणको काम रोकिएको थियो।

सुरुमा स्थानीय स्तरमा कसरी बनाउने, पहिला कस्तो थियो अहिले कस्तो बनाउने भन्ने विवादका कारण लामो समय निर्माण सुरु हुन सकेको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad