नेपाली वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले तत्काल आन्तरिक उडान खोल्न माग गरेको छ।
बाढीपहिरोका कारण सडक यातायात कष्टकर रहेको बताउँदै विकल्पका लागि तत्काल आन्तरिक उडान सुचारु गराउन संघले माग गरेको हो।
हाल नेपालमा बाढीपहिरोका कारण प्रायः सबै राजमार्ग तथा लोकमार्गका बाटो क्षतिग्रस्त भएको अवस्था छ।
प्राकृतिक प्रकोपको समयमा हवाइ सेवामार्फत राहत पुर्याउन उडान खोल्नुपर्ने संघको भनाइ छ।
संघले आवश्यकताअनुसार नन–सेड्युल फ्लाइट सञ्चालनको लागि अनुरोध गरेको हो ।
सरकारले भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया