समाज


काठमाडौँमा आज थपिए १० कोरोना संक्रमित

काठमाडौँमा आज थपिए १० कोरोना संक्रमित

नेपालखबर
साउन ९, २०७७ शुक्रबार १०:४४,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले काठमाडौँका थप १० जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार शुक्ररबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका ५ र त्रिवि शिक्षण अस्पतालमा ५ जनामा गरी १० जनामा कोरोना पुष्टि भएको हो।

योसँगै पछिल्लो २४ घण्टामा नेपालमा थप १३३ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९८७ जानको टेस्ट गर्दा १३३ को पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले बताए। योसँगै नेपालमा ५ हजार ३८३ सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा १०७ जना कोरोना मुक्त भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १२ हजार ९४७ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad