कारोबार


अमेरिकी अर्थतन्त्रमा हालसम्मकै ठूलो गिरावट, ३२.९ प्रतिशतले खुम्चियो जीडीपी

अमेरिकी अर्थतन्त्रमा हालसम्मकै ठूलो गिरावट, ३२.९ प्रतिशतले खुम्चियो जीडीपी

नेपालखबर
साउन १५, २०७७ बिहिबार १४:०,

अप्रिलदेखि जुनसम्मको तीन महिनामा वार्षिक हिसाबले अमेरिकी अर्थतन्त्र ३२.९ प्रतिशतले खुम्चिएको छ। अमेरिकी अर्थतन्त्रमा देखिएको यो हालसम्मकै ठूलो गिरावट हो।

अमेरिकाको ब्युरो अफ इकोनोमिक एनालिसिसले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनबाट पाँच वर्षको आर्थिक वृद्धि केही महिनामा समाप्त भएको हो।

कुल गार्हस्थ उत्पदनको त्रैमासिक विवरण वार्षिक हिसाबले व्यक्त गर्ने गरिन्छ। अर्थात् गएको तीन महिनामा अमेरिकाको अर्थतन्त्र एक तिहाइ खुम्चिएको होइन। तर, त्यही दर वर्षभर कायम रहने हो भने एक तिहाइले खुम्चिन्थ्यो।

वार्षिक रुपले हिसाब नगर्ने हो भने अप्रिलदेखि जुनसम्म अमेरिकाको जीडीपीमा ९.५ प्रतिशतको गिरावट आएको छ। अर्थात् अमेरिकी अर्थतन्त्रले १.८ ट्रिलियन डलर गुमाएको छ।

अमेरिकाले त्रैमासिक जीडीपीको तथ्यांक सन् १९४७ देखि राख्न थालेको हो। र, अहिलेको गिरावट त्यसयताको सबैभन्दा ठूलो हो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .