कारोबार


कामना सेवा र अल पसलबीच व्यावसायिक समझदारी

कामना सेवा र अल पसलबीच व्यावसायिक समझदारी

नेपालखबर
साउन १८, २०७७ आइतबार ११:५७,

कामना सेवा विकास बैंक लि. र अल पसल पब्लिक लि. बीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यावसायको विकास तथा प्रवर्धन गर्ने उद्देश्यकासाथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आय आर्जन वृद्धिका लागि समझदारी भएको हो।

यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अल पसल पब्लिक लिमिटेडको तर्फबाट अध्यक्ष झविन्द्र पन्थीले कामना सेवा विकास बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए।

समझदारी अन्तर्गत बैंकले नेपाल राष्ट्र बैकद्वारा तोकिएको मापदण्डको अधीनमा रहि अल पसल पब्लिक लि.मा आबद्ध व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरी उनीहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउने प्रमुख लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad