कारोबार


५० प्रतिशत सिट क्षमताको उडानमा हामी बुकिङ खोल्दैनौँः वायुसेवा सञ्चालक संघ

५० प्रतिशत सिट क्षमताको उडानमा हामी बुकिङ खोल्दैनौँः वायुसेवा सञ्चालक संघ

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ११:५६,

वायुसेवा सञ्चालक संघले पूर्ण सिट क्षमतामा नै जहाज उडान गर्न पाउनुपर्ने माग गरेको छ। संघको बैठकले हालकै अवस्थामा कुनै पनि बुकिङ खुल्ला नगर्ने बताएको हो।

संघको बैठकमा सहभागी यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ५० प्रतिशत सिट क्षमतामा टिकट बुकिङ नगर्ने निर्णय भएको बताएका छन्।

‘अहिले यात्रुले धेरै भाडा तिर्नसक्ने अवस्था छैन’, बर्तौलाले भने, ‘आइकाओले समेत नगरेको नियम हाम्रो सरकारले गर्छ। पालना गर्न व्यावहारिक छैन।’

उनले यात्रु एकतर्फी मात्रै हुने भएकाले आधा क्षमतामा उडान नगर्ने संघले निर्णय गरेको बताए।

बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आधा क्षमतामा उडान गर्न आग्रह गरेको बताए। उनले तर एयरलाइन्स आधा क्षमतामा उडान गर्नु व्यावहारिक नभएको मन्त्रालयलाई बताएको जानकारी दिए।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि ५० प्रतिशत यात्रुसहित आन्तरिक उडान खुल्ला गर्ने निर्णय गरेको थियो। तर बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायुसेवा संघ, नागरिक उड्डयन प्राधिकरणको बैठकमा असोज ५ गतेदेखि चलाउने गरी तयारी गर्न भनिएको थियो।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले पहिलो चरणमा सबै गन्तव्यमा जाने गरी ३० प्रतिशत मात्रै उडान खुलाउने बताए। मन्त्रालयले पनि २५ देखि ३० प्रतिशत मात्रै उडान खुल्ने बताएको छ।

aosn.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad