नेपाल राष्ट्र बैंकले घर र गाडी कर्जा लिएकाले तिर्ने कर्जाको म्याद थप गरेको छ।
यस्ता कर्जा लिनेहरुको कर्जा तिर्ने स्रोत कोरोना प्रभावित व्यवसाय रहेको खण्डमा कर्जा तिर्ने समय बढ्ने राष्ट्र बैंकले जानकारी दिएको हो।
यसअघि कोरोना महामारीबाट मध्यमप्रभावित र अतिप्रभावित व्यवसायीहरुको मात्रै कर्जा पुनर्तालिकीकरण गरिने भनिए पनि आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सर्कुलरले त्यस्ता व्यवसायको स्रोत देखाई घर र गाडी कर्जा लिनेलाई पनि एउटै व्यवस्था गरिने जानकारी दिएको हो।
भदौ ३१ गते राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीकरण अर्थात् कर्जाको म्याद थप्ने र पुनर्संरचनासम्बन्धी व्यवस्था कर्जाको शर्त परिवर्तन गर्ने व्यवस्था ल्याएको थियो।
ऋणीले पेश गरेको लिखित कार्ययोजनामा उल्लिखित देहायका आधारहरुमा इजाजतपत्रप्राप्त संस्था विश्वस्त भएमा कर्जाहरुलाई पुनर्तालिकीकरण वा पुनर्संरचना गर्नसक्ने व्यवस्था छ।
Shares

प्रतिक्रिया