कारोबार


आयल निगम र काठमाडौं विश्वविद्यालयबीच सम्झाैता

आयल निगम र काठमाडौं विश्वविद्यालयबीच सम्झाैता

नेपालखबर
पुस २४, २०७७ शुक्रबार १६:६,

नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालयबीच प्रविधिमैत्री तथा अत्याधुनिक पूर्वाधार निर्माण गर्न समझदारी (एमओयू) पत्रमा आज हस्ताक्षर भएको छ।

निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बराल र केयुका स्कूल अफ इन्जिनियरिङका डीन डा डम्बरबहादुर नेपालीबीच सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

पेट्रोलियम पदार्थसँग सम्बन्धित भण्डारण विस्तारका सेवालाई अत्याधुनिक प्रविधियुक्त बनाउन समझदारीपत्रमा हस्ताक्षर गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

उनका अनुसार निगममा आधुुनिकीकरण थपिँदै जाँदा आउँदा दिनमा गर्नुपर्ने प्राविधिक तथा इन्जिनियरिङ क्षेत्रका कार्यमा थप सहयोग पुग्ने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad