कारोबार


‘औद्योगिक विधेयक’ माथि दफाबार छलफल सुरु

‘औद्योगिक विधेयक’ माथि दफाबार छलफल सुरु

नेपालखबर
साउन २१, २०७६ मंगलबार ९:४६,

संसदीय समितिमा ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि पनि दफावार छलफल सुरु गरिएको छ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा सो विधेयकमाथिको दफावार छलफल सुरु गरिएको हो। बैठकमा बोल्दै उद्योग सचिव यामकुमारी खतिवडाले औद्योगिक क्षेत्रको विकास गरी मुलुकको अर्थतन्त्रलाई सवल बनाउने मूल उद्देश्यका साथ सो विधेयक संसदमा पेश गरिएको स्पष्ट पारिन्। विधेयकले आयात प्रतिस्थापन गर्ने कामलाई जोड दिएको पनि उनले बताइन्।

विधेयकमा उद्योग दर्ता गर्ने निकायले उद्योग दर्ता नगरेमा उजुरी गर्न पाउने प्रावधान पनि राखिएको छ। त्यसैगरी उद्योग सञ्चालन भएको जानकारी ३० दिन भित्र अनिवार्य रुपमा सम्बन्धित निकायमा गराउनुपर्ने पनि विधेयकमा समावेश गरिएको सचिव खतिवडाले बताइन्। बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आवश्यक संशोधन हालेर सो विधेयकलाई समृद्ध बनाउन समितिका सदस्यहरुलाई आग्रह गरे। उनले विधेयकलाई समृद्ध बनाउन सरकारले संसदमा पेश गरेको पनि स्पष्ट पारे।
विधेयकको प्रस्तावनामा उद्योग क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्ने पनि उल्लेख गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad