खेल नेपाली समयानुुसार बुधबार बिहान २ बजेर १५ मिनेटमा हुनेछ। ६ टोली सहभागि प्रतियोगितामा २ अंकसहित सोमपालको टोली हक्स पाँचौ र नाइट्स ७ अंकसहित दोस्रो स्थानमा छ।
५ खेलमा हक्सले २ मा जित र ३ मा हार ब्यहोर्दा नाइट्सले भने ३ खेलमा जित निकालेको छ भने एक खेलमा मात्रै हार निकालेको छ।
सोमपाललाई यस सिजनमा हक्सले ३ हजार अमेरिकी डलरमा अनुबन्ध गराउँदै विदेशी लिग खेल्ने दोस्रो नेपाली खेलाडी बनाएको थियो। सन्दीप लामिछाने विदेशी लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्।
सुरुवाति ३ खेलमा नेपाली टोलीसँग व्यस्त रहेका कारण सोमपाल हक्सको टोलीमा उपलब्ध हुन सकेनन्। चौथो खेलमा भने हक्सले सोमपालाई सुरुवाति एघारमा नै राखेको थियो।
तर, सोमपालको डेब्यू सुखद रहेन्। उनले ब्याटिङमार्फत ५ बलमा १ रनमात्रै जोड्न सके भने २ ओभर बलिङ गर्दै ३३ रन खर्चिएका थिए।
अर्का नेपाली खेलाडी सन्दीपले भने टोरन्टो नेसनल्सबाट दुई खेल खेल्दै दुबै खेलमा १–१ विकेट लिएका छन्।

प्रतिक्रिया