आज सेयरबजारमा सात अर्ब ६४ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ८.६६ र सेन्सिटिभ २.५६ अंकले बढेको हो।
दिनभरिमा १९१ कम्पनीको १ करोड ४९ लाखभन्दा धेरै कित्ता सेयर बिक्री भएको छ। ६२ हजार १५ पटकको सेयर खरिदबिक्रीमा सामेल १२ मध्ये ७ वटा समूहको कारोबार सूचक रातो छ। बाँकीको कारोबार सूचक भने बढेको छ।
सर्वाधिक कारोबारमा आज ग्लोबल आईएमई बैंक अगाडि छ। आज बैंकको ५२ करोडको सेयर किनबेच भएको हो।
त्यस्तै प्रभु बैंकको ४६ करोडको, कुमारी बैंकको ३७ करोडको, शिखर इन्स्योरेन्स कम्पनीको ३३ करोडको, एनसीसी बैंकको २७ करोडको कारोबार भएको छ।
आज एउटा कम्पनीको १० प्रतिशतले, दुईवटा कम्पनीको नौ प्रतिशतले सेयर मूल्य बढेको छ भने गुमाउने कम्पनीले ६.३८ प्रतिशतसम्म गुमाएका छन्।
3
Shares

प्रतिक्रिया