कारोबार


विश्व व्यापार संगठनको प्रमुखमा पहिलोपटक अश्वेत महिला नियुक्त

विश्व व्यापार संगठनको प्रमुखमा पहिलोपटक अश्वेत महिला नियुक्त

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ९:५८,

डब्लुटिओको इतिहासमै पहिलो प्रमुख हुन सफल भएकी ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी अश्वेत महिला हुन्।

हालसम्म यस पदमा अश्वेत व्यक्ति र महिला नियुक्त भएका थिएनन्। ओकोन्जो पहिलो महिला र पहिलो अश्वेत नागरिक हुन् जो डब्लूटीओको प्रमुखमा नियुक्त भएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनहरुमा निकै संकटबाट गुज्रिनु परेको डब्लूटीओलाई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटबाट मुलुकहरुलाई राहत प्रदान गर्न डब्लुटिओको काँधमा ठूलो जिम्मेवारी छ।

व्यापार क्षेत्रको यस शक्तिशाली संस्थाको महानिर्देशक पदमा नियुक्त भएसँगै उनले सुदृढ डब्लूटीओ धेरै मुलुकको चाहना रहेको बताएकी छिन्।

नवनियुक्त ६६ वर्षीया अर्थशास्त्री ओकोन्जोले यसअघि विश्व बैंकमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन्। उनलाई डब्लूटीओको महानिर्देशकमा नियुक्त गर्न सदस्य राष्ट्रहरुले भर्चुअल विधिबाट मतदान गरेका थिए।

लगभग निस्कृय र पक्षघातकै अवस्थामा पुगेको डब्लूटीओलाई पुनर्जीवित तुल्याउनु पनि ओकोन्जोको काँधमा ठूलो जिम्मेवारी आएको छ।

महानिर्देशक पदमा विजयी भएसँगै उनले भनिन्, “कोभिड–१९ को महामारीका कारण सिर्जित आर्थिक क्षतिलाई पूर्ण र तिब्र गतिमा पुनर्जीवित तुल्याउने हो भने सुदृढ डब्लूटीओ निकै महत्वपूर्ण छ।”

ओकोन्जोले आगामी मार्च १ देखि कार्यभार सम्हाल्नेछिन् र उनको कार्यकाल सन् २०२५ को अगष्ट ३१ सम्मको हुनेछ। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad