कारोबार


डिजेल, पेट्रोलको मूल्य ६ दिनमै फेरि बढ्यो, निगम भन्छ : अझै घाटामा छौं

डिजेल, पेट्रोलको मूल्य ६ दिनमै फेरि बढ्यो, निगम भन्छ : अझै घाटामा छौं

नेपालखबर
फागुन ४, २०७७ मंगलबार १४:५२,

एक हप्ता नपुग्दै पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल पेट्रोल र हवाइ इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो।

निगमले माघ २८ गते पनि मूल्यवृद्धि गरेको थियो।

निगमले अन्तर्राष्ट्रिय बजार भाउमा वृद्धि भएको र इण्डिन आयल कर्पोरेशनले मूल्य वृद्धि गरेर पठाएकाले मूल्य वृद्धि गर्नुपरेको बताएको छ।

निगमका अनुसार पेट्रोल अब प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ भने डिजेल ९७ रुपैयाँ प्रतिलिटर पुगेको हो। त्यसैगरी हवाइ इन्धन प्रतिलिटर ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ।

निगमका अनुसार नेपाल आयल निगमलाई अझै पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजेलमा ४ रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २ सय ९५ रुपैयाँ घाटा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .