कारोबार


नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ? यी हुन् रियलमीका उत्कृष्ट पाँच स्मार्टफोन

नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ? यी हुन् रियलमीका उत्कृष्ट पाँच स्मार्टफोन

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार १३:५१,

स्मार्टफोन क्षेत्रमा छोटो समयमै विश्वमा लोकप्रियता हासिल गरेको रियलमीले विभिन्न सिरिजका फरक मूल्य पर्ने स्मार्टफोन उत्पादन गर्दै आएको छ।

नम्बर सिरिजदेखि सी सिरिजसम्मको यात्राका दौरानमा इन्ट्री लेभलका स्मार्टफोनदेखि मिडरेज उपकरणहरुको उत्पादन कम्पनीले गर्दै आएको छ। रियलमी सधैँ आफ्ना ग्राहकलाई उत्कृष्ट ब्याट्री प्रविधि, प्रोसेसिङ पावर, नवीनतम् क्यामेरा, डिस्प्ले सहितका सर्वश्रेष्ठ उत्पादनहरु उपलब्ध गराउने विषयमा सचेत देखिन्छ।

‘उन्नतिदेखि चुनौतीसम्म’को मूल एजेण्डा सहित मोबाइल फोनको क्षेत्रमा बलियो उपस्थिति देखाइरहेको रियलमी केवल उत्कृष्ट स्पेसिफिकेसनमा मात्र सीमित नभई आफ्ना प्रयोगकर्ताका लागि निर्बाध रूपमा मोबाइलको कार्यगत क्षमतामा व्यापक ध्यान दिँदै आएको छ। नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ भने तपाईँका लागि रियमलीका यी स्मार्टफोन उत्तम हुनसक्छन्ः

रियलमी, सातौ सिरिज (रियलमी सेभेन/सेभेन आई)
रियलमी सेभेन र सेभेन आई दुबै स्मार्टफोनलाई बजारमा एकदमै रुचाइएका छन्। बेस्ट सेलरका रुपमा यसका हजारौँ मोबाइल सेट विक्री भएका छन्, प्रयोगकर्ताले प्रशंसनीय फिड व्याक पनि दिएका छन्। मोबाइल फोनमा उपलब्ध तीव्र स्फूर्तदायी फिचर सबैभन्दा रुचाइएको छ, यो प्रयोगकर्ताले हरेक पटक मोबाइल खोल्दा अनुभव गर्ने गरेका छन्।

रियलमीका यी फोन ८ जीबी -याम, १२८ जीबी फोन मेमोरी र पर्याप्त ब्याट्री प्रदर्शनका साथ उपलब्ध छन्। यसैगरी यीनमा तीव्र चार्जिङ प्रविधि पनि छ, जसकारण केबल २६ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सम्भव छ, जुन एकदमै उपयोगी छ। यसको प्रदर्शन अर्को उत्कृष्ट पक्ष हो, जसले प्रयोगका क्रममा आनन्ददायी अनुभूति दिन्छ, हेलियो जी ९५ चिपसेटद्वारा सञ्चालित यो फोन उत्कृष्ट प्रदर्शनीका साथ मूल्य सिरिजको फोन विक्री हुनेमा सातौँ बेस्ट सेलर फोन हो।

क्यामेरा अर्को पक्ष हो जसले यस सिरिजको श्रृङ्खलामा रियलमीलाइ उत्कृष्ट बनाएको छ। यसमा प्रयोग भएको ६४ एमपी सेन्सर क्यामेराले फराकिलो कोणका साथ सर्वश्रेष्ठ तस्विर खिच्छ। यसमा रहेको स्टेरी मोड रातिको समयमा ताराहरुले भरिएको आकासको सुन्दर तस्वीर निकाल्छ, जुन एस्ट्रो फोटोग्राफी अल्गारिथमद्वारा सञ्चालित छ।

रियलमी सेभेनको मूल्य ३५ हजार ९९० र रियलमी सेभेन आईको मूल्य २९ हजार ९९० रहेको छ, दुबै फोन सम्बन्धित श्रेणीका लागि राम्रो छनोट हुन्।

रियलमी सी सिरिज (सी ११, सी १२, सी १५)
सी सिरिजको उत्पादनदेखि रियमीले सँधैँ प्रवेश स्तरको स्मार्टफोन सेग्मेन्टमा अतिरिक्त फिचर थप्दै आएको छ। नेपालमा उपलब्ध सी सिरिजका सी ११, सी १२ र सी १५ गरी तीनवटै स्मार्टफोन गेमिङ क्षमताका लागि उत्कृष्ट हेलियो ९ज्भष्यि० जी ३५ चिसपेटद्वारा सञ्चालित छन्। अनलाइन कक्षादेखि अनलाइन गेम प्रयोजनका लागि यी मोबाइल फोन उत्कृष्ट छन्। रियलमीका तीन सिरिज ६.५ इन्च मिनी ड्रप पूर्ण स्क्रिन डिस्प्लेमा उपलब्ध छन्।

५ हजार एम एच्को ठूलो ब्याट्रीका साथ रियलमी सी ११, ६ हजार एम एच् ब्याट्रीका साथ सी ११ र तीव्र चार्जिङ क्षमताका साथ ६ हजार एम एच् ब्याट्रीकै साथ सी १५ सिरिजका फोन उपलब्ध छन् । सबैलाई जानकारी भएकै कुरा हो कि यी कुनै पनि सिरिजका फोन प्रयोगका क्रममा ब्याट्रीबारे गुनासो गर्नुपर्ने जरुरत तपाइलाई पर्नेछैन।

उत्कृष्ट क्यामेराको खोजी गर्नेका लागि यी फोन सर्वश्रेष्ठ हुन सक्छन् । सी ११ मा एआई डुवल क्यामेरा, सी १२ मा एआई लेन्स सेटअफसहितको त्रिपल क्यामेरा र सी १५ मा एआई असीमित आनन्दका साथ चारवटा एआई क्यामेरा राखिएको छ। यी तीनवटै मोबाइलमा नाइट स्केप मोड रहेको छ, जसले रातमा खिचिएका फोटो र भिडियोलाई सुन्दर बनाउँछन्।

तीनवटै फोन एआई फ्रन्ट क्यामेरा, डवल सीम कार्ड र मेमोरी कार्डका लागि ट्रिपल कार्ड स्लट, वाटरप्रुफ तथा ज्यामेटिय ग्रेडियन्ट डिजाइनमा निर्माण गरिएका छन्। रियलमी सी १२ र सी १५ फिङ्गरप्रिन्ट सेन्सरकासाथ उपलब्ध रहेकोमा सी ११ फेस अनलकसहित उपलब्ध छन्।

२ जीबी -याम र ३२ जीबी स्टोरेजसहित सी ११ फोन १४ हजार ९९० मा, ३ जीबी -याम र ३२ जीबी स्टोरेजसहित सी १२ फोन १६ हजार ९९० र ४ जीबी -याम र ६४ जीबी स्टोरेजसहित सी १५ फोन १८ हजार ५९० मा उपलब्ध छन्।

कम्पनीको बारेमा
रियलमी अत्याधुनिक आर्टिफिसियल टेक्नोलोजीेको क्षेत्रमा नयाँ ट्रेन्डका रुपमा उदाएको लोकप्रिय ब्राण्ड हो। जसले उच्च क्वालिटीका मोबाइल फोनहरुको उत्पादन गरिरहेको छ। यस कम्पनीले विश्वमा टेक्नोलोजीप्रति चाँसो राख्ने युवाहरुलाई लक्षित गरि ‘चुनौतीदेखि उन्नतिसम्म’को नाराका साथ व्यापक विकास गर्दै जाने लक्ष्य लिएको छ। कम्पनीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई आधुनिक टेक्नोलोजी र थप फिचर्सको प्रयोग गरी स्मार्टफोन प्रयोगकर्ताहरुसम्म पु-याउने बताएको छ।

२०१८ मे ४ देखि यसका संस्थापक स्काई लिले रियलमी फोनको उद्योग स्थापना गरेका थिए। रियलमी २०२० मा संसारका उत्कृष्ट ५० स्मार्टफोनमध्ये ७ औँ नम्बरमा परेको थियो। हालसम्म यसका प्रयोगकर्ता ७० करोड नाघेका छन्। कम्पनीका चीन, भारत, दक्षिण एसिया, युरोप, रसिया, अफ्रिका लगायतका देशगरी ६० वटा ठूला बजार रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad