काठमाडौंका दुई छुट्टा छुट्टै स्थानमा दुई जना मृत भेटिएका छन्।
टोखा नगरपालिका ५ श्रीटोलमा २२ वर्षीय युवती मृत फेला परेकी छन्। त्यहाँ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका की २२ वर्षीया लक्ष्मी घिमिरे आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्।
उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।
यस्तै काठमाडौं महानगरपालिका ६ बौद्ध टुसालमा एक पुरुष मृत भेटिएका छन्। ५६ वर्षीय छिरिङकुमार लामा सोही ठाउँस्थित टहरामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।
दुवैको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
उता झापाको बिर्तामोड नगरपालिका १ सूर्यनगरमा पनि ५० वर्षीय रेवत गुरुङ आफ्नै घर नजिकै शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया