ad ad

कारोबार


अन्ततः हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, चुक्ता पुँजी २५ अर्ब

अन्ततः हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, चुक्ता पुँजी २५ अर्ब

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १०:३८,

हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच मर्जर सम्झौता भएको छ।

ठमेलस्थित एलफ्ट होटलमा भएको एक समारोहमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकका तुलसी प्रसाद गौतमले मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा आगामी दुई महिनाभित्र सबै मर्जरको प्रक्रिया टुंग्याउने उल्लेख छ।

अब हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रहेको छ।

यी दुवै बैंक १ अनुपात १ को स्वापमा मर्जरमा जाने सहमतिअनुसार बैंकको चुक्ता पुँजी २४ अर्ब ९२ करोड पुग्ने देखिएको छ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पुँजी कोष २८ अर्ब १२ करोड ५१ लाख ७२ हजार र हिमालयन बैंकको १७ अर्ब ९५ करोड ६६ लाख ७७ हजार रहेको छ।

यसअनुसार बैंकको पुँजी कोष ४६ अर्ब पुग्ने देखिएको हो। त्यस्तै अहिलेको अवस्थामा निक्षेप ३ खर्ब ११ अर्बभन्दा बढी हुनेछ। कर्जा अहिलेको अवस्थामा २ खर्ब ८८ अर्ब हाराहारीमा हुनेछ। यस हिसाममा नेपालको नै सबैभन्दा ठूलो बैंक बन्नेछ।

बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड हुने भएको छ।

बैंकको अध्यक्ष इन्भेष्टमेन्ट बैंकका अध्यक्ष रहेको पृथ्वी बहादुर पाँडे रहनेछन् भने अन्य सञ्चालक सेयर स्वामित्वअनुसार दुवै बैंकको तर्फबाट लिइने सहमति जुटेको छ।

त्यस्तै बैंकको सीईओ हाल हिमालयन बैंकका अशोक राणा नै हुनेछन्।

इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति प्रकाश पाण्डे दोस्रो वरीयताका व्यवस्थापक अर्थात् डेपुटी सीईओ रहने भएका छन्।

अन्य कर्मचारीको समायोजन विषय अहिले नै नटुङ्ग्याइएको भए पनि स्वैच्छिक अवकाश गराउनेसम्मको सहमति जुटेको छ।

हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको २० सेयर बिक्री गर्न चाहेको थियो।

हिमालयन बैंकले पनि यो सेयर मर्जरमा जानुअघि टुंग्याउन चाहेको थियो। तर त्यो सम्भव भएन। मर्जरपछि पनि हबिबले सेयर बिक्री गर्न पाउने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .