कारोबार


मौसम खुला भएसँगै सगरमाथामा सुरु भयो आरोहीको ताँती

मौसम खुला भएसँगै सगरमाथामा सुरु भयो आरोहीको ताँती

नेपालखबर
जेठ १६, २०७८ आइतबार ११:५६,

मौसम खुल्ला भएसंगै सगरमाथा आरोहीहरु पुनः आरोहण सुरु गरेका छन्।

पर्यटन विभागले करिब ६० जना विदेशी आरोहणको क्रममा रहेको जनाएको छ।

४ सय ८ जनाले विभागबाट अनुमति लिएकामध्ये धेरैले आरोहण गरिसकेको विभागकी निर्देशक मिरा आचार्यले बताएकी छन्।

‘मौसम सफा भएपछि आरोहण फेरी सुरु भएको छ,’ आचार्यले भनिन् ‘अबको दुई-तिन दिनभित्र आरोहण गरिसक्छन्।’

केहि दिनपहिले मौसममा आकस्मिक परिवर्तन आएपछि पर्यटन विभागले ओरोही तथा पर्वतीय पथप्रदर्शकहरुलाई सुरक्षित रहन आग्रह गरेको थियो।

मौसम खराब भएपछि ८ हजार मिटर उचाईमा पुगेका आरोही केहि तल सुरक्षित स्थानमा झरेका थिए।

पर्यटन विभागले मौसमका कारण कुनै पनि अरोहीहरु, पर्वतीय पथप्रदर्शकहरु र सहयोगीलाई अप्ठ्यारो तथा क्षति नपुगेको जानकारी दिएको छ।

थप तस्बिरहरु:

EverestQueue Sagarmathaline 1

EverestQueue Sagarmathaline 2

EverestQueue Sagarmathaline

तस्बिर स्रोतः मिङमा दोर्ची शेर्पा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .