चीनबाट ८ लाख खोप लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ।
सोमबार राति चीनको बेइजिङ गएको जहाज ८ लाख खोप बोकेर काठमाडौं आइपुगेको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ।
नेपाल र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन कुराकानीपछि चीन सरकारले १० लाख खोप नेपाललाई उपलब्ध गराउने घोषणा गरेको थियो।
यसमध्ये ८ लाख बेइजिङ र २ लाख तिब्बतबाट उपलब्ध गराइएको हो।
तिब्बतबाट हिमालय एयरलान्सले २ लाख खोपमध्ये करिब १ लाख ल्याइसकेको छ भने बाँकी १ लाख बुधबारसम्म आइपुग्ने हिमालय एयरलान्सले जानकारी दिएको छ।
चीन सरकारले अघिल्लो पटक ८ लाख खोप अनुदानमा सहयोग गरिसकेको छ।

प्रतिक्रिया