हुवावे अङ्गोलाका प्रतिनिधि चु सियाओसिनले राष्ट्रपति जोआओ लोरेन्कोसँगको भेटमा उक्त जानकारी दिएका हुन्।
ती केन्द्रमा करिब दुई हजार युवाले दूरसञ्चार र सूचना प्रविधिका क्षेत्रमा नयाँ ज्ञान प्राप्त गर्न सक्ने हुवावेले जनाएको छ।
हुवावेका प्रतिनिधि चुले पछिल्लो परियोजनाले अङ्गोलामा डिजिटल अर्थतन्त्रको विकासमा योगदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
अफ्रिकी महादेशका धेरै देशमा चीनले केही वर्षदेखि दूरसञ्चार, पर्यटन, सडक, रेल समेतका पूर्वाधार निर्माणमा लगानी विस्तार गरिरहेको छ। रासस/सिन्ह्वा
प्रतिक्रिया