कारोबार


वायुसेवा सञ्चालक संघको अध्यक्षमा क्याप्टेन थापा

वायुसेवा सञ्चालक संघको अध्यक्षमा क्याप्टेन थापा

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार १५:४६,

निजी क्षेत्रका वायुसेवाको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) को अध्यक्षमा सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा चयन भएका छन्। 

एओएएनकाे शुक्रबार सम्पन्न १९औँ वार्षिक साधारण सभाले थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको हवाई क्षेत्रमा निजी क्षेत्रले पुर्‍याएको योगदानप्रति धन्यवाद दिए। उनले निजी क्षेत्रको हवाई सेवा सुविधा अझै विस्तार हुँदै जाने र हामीले जुन तहको प्रगति गनुपर्ने थियो त्यो अझै नभएको औँल्याए।

त्यस अवसरमा उनले कुनै पनि निजी वायुसेवा धरासायी नहुने र सबै वायुसेवालाई समान व्यवहार गर्ने बताए।

संघको १९ औँ साधारण सभाले देहाय बमोजिमको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित गरेको संघले जनाएकाे छ।
कार्य समिति
अध्यक्षः क्या. रामेश्वर थापा, सिम्रिक एयर
प्रथम उपाध्यक्षः अनोज रिमाल, यति एयरलाईन्स
द्वतिय उपाध्यक्षः गोपाल भट्टराई, सौर्य एयरलाइन्स
महासचिवः मनोज कार्की, समिट एयर
सचिवः राजु न्यौपाने, मनाङ्ग एयर
कोषाध्यक्षः रुपेश जोशी, बुद्ध एयर

सदस्यहरू
क्या. दिपक जे.वि. राणा, समिट हेलिकप्टर्स
योगराज कंडेल शर्मा, हेली एभरेष्ट
बालकृष्ण पण्डित, एयर डाइनेष्टि हेलि सर्भिसेज
निमा नुरु शेर्पा, अल्टिच्यूड एयर
बरुण ज्ञवाली, कैलाश हेलिकप्टर
सुवास अमात्य, प्रभू हेलिकप्टर
प्रज्वल थापा, सिम्रिक एयरलाइन्स।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad