नेपाल टेलिकमले आज (शनिबार) रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ।
शनिबार दिउँसो एक सूचना जारी गर्दै टेलकमले राति साढे ११ बजेबाट टेलिकमका मोबाइलमा समस्या देखिन सक्ने बताएको छ।
सो समयमा फोजी÷एलटी सेवा सञ्चालनका लागि सिस्टम अपडेट गर्नुपर्ने भएकाले समस्या देखिने बताइएको छ। कम्पनीले तत्कालै मुख्य शहररुमा फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक कामहरु गरिरहेको छ ।
फोजी÷एलटीई सेवा सञ्चालनका लागि यही मिति २०७६ साल भाद्र २१ गते राति ११.३० बजेदेखि सिस्टम अपग्रेडसम्बन्धी कार्य हुने भएकाले उक्त समयमा जीएसएम मोबाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने व्योहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, टेलिकमद्वारा जारी सूचनामा भनिएको छ, ‘सेवा प्रयोगमा कुनै कठिनाई आएका मोबाइलको पावर स्विच अफ गरी पुनः अन गर्नुहुन अनुरोध छ।’

प्रतिक्रिया