कडा शारीरिक व्यायामले यौन जीवनलाई पनि फाइदा पुर्याउने नयाँ अनुसन्धानले देखाएको छ।
‘पुरुष र महिला जो स्वस्थ छन् उनीहरुको यौन जीवन सुखी हुन्छ।’ अमेरिकास्थित नर्थवेस्टर्न मेडिसिन सेन्टर फर सेक्सुअल मेडिसिनकी डाक्टर लरेन स्ट्रिचर भन्छिन्, ‘किन भने सबै चिकित्सा रोगले सामान्य यौन प्रतिक्रियालाई असर गर्नसक्छ।’
एरोबिक व्यायामजस्तै साइकल कुदाउने, कुद्ने, पौडी खेल्ने, चाँडो थकान हुने व्यायाम धेरै गरिए यसले मानिसलाई स्वस्थ्य बनाउने साथै यौन जीवन सुखी हुने स्ट्रिचरको भनाइ रहेको छ।
एरोबिक व्यायामले कार्डियोभास्कुलर फिटनेस बढाउने, रक्त संचालन प्रक्रिया उत्तम बनाउने, मुटु स्वस्थ राख्ने गरेका कारण यसले महिला तथा पुरुषको यौन प्रतिक्रियामा राम्रो असर हुने सेक्स थेरापिस्ट लरा बर्मेनले बताइन्।

‘महिला पुरुष दुवैमा रक्त संचार अत्यन्त महत्वपूर्ण हुन्छ।’ बर्मेन भन्छिन्, ‘यसले पुरुष र महिलाको यौन अवस्था राम्रो बनाइदिन्छ।’
उनका अनुसार व्यायाम यौन जीवन सुखी बनाउने सबैभन्दा उत्तम उपाय हो।
यससँगै चिकित्सकहरुले सन्तुलित खाना खान पनि सुझाव दिएका छन्।
चिकित्सकहरुका अनुसार हामीले सागसब्जी, फलफुल, दाल, प्रोटिन तथा डेरीका खानेकुराहरु मिलाएर खानुपर्दछ। सीएनएन


प्रतिक्रिया