कारोबार


सरकारले नियमनको नाममा दुःख दिएको भन्दै औषधि व्यवसायी आक्रोशित

सरकारले नियमनको नाममा दुःख दिएको भन्दै औषधि व्यवसायी आक्रोशित

नेपालखबर
भदौ २१, २०७६ शनिबार ११:४४,

औषधि व्यवसायीहरुले सरकारले नियमनको नाममा दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

नेपाल औषधि व्यवसायी संघ, बागमती अञ्चलका कार्यबहाक अध्यक्ष ध्रुवनारायण प्रधानले सबै औषधि रेकर्ड राखेर बिक्री गर्दा पनि औषधि व्यवस्था विभागले अनुगमनको नाममा स्पष्टकीरणका लागि बोलाएर दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

शनिबार ललितपुरमा आयोजित नेपाल औषधि व्यवसायी संघ, ललितपुरको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उनले ‘चिकित्सकहरुको प्रेस्क्रिप्सन अनुसार व्यवसायीहरुले औषधि बिक्री गर्दा पनि कारबाही गर्ने काम किन गरेको?’ भनि सरकारलाई प्रश्न पनि गरे।

फुड प्रोडक्टसँग सम्बन्धित औषधि विक्री गर्ने अनुमति मेडिकल काउन्सिलले दिने तर औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाउने खोज्ने दोहोरो मारमा पनि आफूहरु पर्ने गरेको औषधि व्यवसायीहरुको गुनासो छ। कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभाग निरीक्षण महाशाखाकी प्रमुख उषा तन्डुकारले सरकारको नीति, नियम र कार्यविधिको परिधिभित्र रहेर औषधिको उत्पादन तथा बिक्री वितरण गर्न औषधि व्यवसायीहरुलाई सचेत गराए।

विभागले बिक्री गरिएका औषधिहरुको रेकर्ड अनिवार्य राख्न पनि औषधि व्यवसायीहरुलाई सचेत गराउँदै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad