समाज


काठमाडाैँको माछापोखरीबाट दुई पेस्तोलसहित ७ जना पक्राउ

 काठमाडाैँको माछापोखरीबाट दुई पेस्तोलसहित ७ जना पक्राउ

नेपालखबर
भदौ २१, २०७६ शनिबार ११:३०,

 प्रहरी २ थान पेस्तोलसहित काठमाडौँको माछापोखरीबाट ७ जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो साढे ४ बजे माछापोखरीबाट २ पेस्तोलसहित गुण्डागर्दीमा संलग्न ७ जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुका साथबाट ४ थान गोलीसमेत बरामद गरेको छ।

महानगरीय प्रहरी परिसर कठमाडौँका प्रवक्ता (डीएसपी) होबिन्द्र बोगटीले पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको पुष्टि गरे। ‘७ जना पक्राउ परेका छन्। अहिले हामी अनुसन्धानमा छौँ। अनुसन्धान पूरा भएपछि सबै कुरा बाहिर आउँछ’, डीएपी बोगटीले नेपालखबरसँग कुरा गर्दै भने।

पक्राउ परेका ७ जना माछापोखरी र बालाजु क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad