शुक्रबार रातिदेखिको अविरल वर्षाका कारणले कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएको छ।
अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर पठाइएको जनाइएको छ।
राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न नसकेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। ‘अवरुद्ध राजमार्ग खुलाउन पहल थालिएको छ’, उनले भने, ‘अहिले डोजरको प्रयोग भइरहेको छ।’ रासस

प्रतिक्रिया