कारोबार


नौ सेकेन्डमै शून्यबाट सय किमि प्रतिघण्टा गतिमा गुड्नसक्छ टाटाको नेक्सन ईभी म्याक्स

नौ सेकेन्डमै शून्यबाट सय किमि प्रतिघण्टा गतिमा गुड्नसक्छ टाटाको नेक्सन ईभी म्याक्स

नेपालखबर
बैशाख २८, २०७९ बुधबार १७:५०, काठमाडौँ

टाटा मोटर्स इन्डियाले भारतमा नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको छ। 

नेक्सन ईभी ग्राहकले अत्यधिक रुचाएपछि टाटाले नयाँ लामो दूरीको नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको भारतीय मिडियाले जनाएका छन्। 

यो अपडेटेट इलेक्ट्रिक सबकम्प्याक्ट एसयूभी हो। यसमा ४०.५ केडब्ल्यूएच ब्याट्री प्याक र ४३७ किमिको एआरएआई सर्टिफाइड रेन्ज रहेको छ। 

अपडेट भर्सनमा नयाँ फिचरहरु समेत थपिएको कम्पनीले जनाएको छ। 

नेक्सन ईभी अहिले भारतीय बजारमा सर्वाधिक रुचाइएको छ। रेन्ज केही कम भएको महशुस गरेको कम्पनीले रेन्ज बढाएर नेक्सन ईभीलाई परिष्कृत गरेको हो। 

नेक्सन ईभी म्याक्समा ठूला साढे ४० केडब्ल्युएच लिथियम आयन ब्याट्री प्याकसँगै पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस एसी मोटर जडान गरिएको छ। यो मोटरले १४१ बीएचपी र २५० एनएमको अधिकतम टर्क जेनेरेट गर्छ। 

यो कार शून्यबाट नौ सेकेन्डमै सय किमि प्रतिघण्टाको गतिमा गुड्न सक्छ। यसको उच्च गति १४० किमि प्रतिघण्टा रहेको छ। 

फिचरतर्फ म्याक्समा नयाँ मकारन इन्टेरियर, भेन्टिलेटेड अगाडि सिटहरु, वायरलेस फोन चार्जर, जिवेल्ड कन्ट्रोल क्नब डिस्प्ले, एयर प्युरिफायर, स्मार्टवाच इन्टिग्रेसन, क्रुज कन्ट्रोल लगायत छन्। 

सुरक्षा फिचरमा चारवटा डिस्क ब्रेक, ईएसपी, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल, दुईवटा एयरब्याग, इमर्जेन्सी स्टप लाइट, रोल ओभर मिचिगेसन, ब्रेक डिस्क वाइपिङ, आईएसओफिक्स र अन्य कुराहरु रहेका छन्। 

यसको सुरुवाती मूल्य भारतमा १७ लाख ७४ हजार भारु रहेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .