ग्रेट वाल मोटर (जीडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक बिक्रेता भिजी इम्पेक्स प्रालिले दशैँ, तिहार र छठको अवसर पारी कम्पनीका गाडी खरिदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरु उपलब्ध गराउने भएको छ।
यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी– हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीको यो अभियान ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकहरुप्रति प्रतिवद्वताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिइएको छ।
जीडब्लुएमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ। योजनाअन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्षसम्म निःशुल्क मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन्।
लोएल्टी बोनसको रुपमा ग्राहक स्वयंम वा आफ्नो पविारसँग कसैको पहिले नै जीडब्लुएमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन्। ग्राहकहरुले निःशुल्क एसेसरिजसहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन्। प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुने कम्पनीले जनाएको छ।
के–के सुविधा?
- आकर्षक नगद छुट
यदि तपाईं चाडपर्वको अवसरमा सवारी साधन खरिद गर्न चाहनुहुन्छ भने जी.डब्लु.एम्का उत्पादन तपाईको छनौटमा पर्न सक्नेछन्।
Shares

प्रतिक्रिया