कारोबार


फोटोनले ल्यायो सम्पूर्ण नयाँ अमार्क टीएक्स मिनी ट्रक

फोटोनले ल्यायो सम्पूर्ण नयाँ अमार्क टीएक्स मिनी ट्रक

नेपालखबर
भदौ २२, २०७९ बुधबार १२:५८, काठमाडौँ

नेपालको लागि फोटोन गाडीहरुको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले सम्पूर्ण नयाँ अमार्क टिएक्स मिनी ट्रक नेपालमा सार्वजनिक गरेको छ। 

यही भदौ २१ गते औपचारिक रुपमा ट्रकको बिक्री शुभारम्भ गरिएको हो। यो व्यावसायिक मिनी ट्रक नेपालको सबै मुख्य सहरहरुमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

विशेषतः व्यावसायिक उद्देश्यहरु परिपूर्तिका लागि निर्माण गरिएको अत्याधुनिक नवीनतम अमार्क टीएक्स अटो क्षेत्रको सबैभन्दा पछिल्लो उन्नत इन्जिनियरिङसँग संयोजन गरिएको कम्पनीको दाबी छ। राम्रो माइलेज र ४१३० किलोसम्मको भारवहन क्षमता भएको बृहत् लोडिङ डेकसहितको यो पिक अपबाट उच्चतम नाफा आर्जन गर्न सकिने दावी कम्पनीले गरेको छ।

भर्टिकलद्वारा शक्ति प्रदत्त, इन–लाइन, पानी चिस्याउने, फोर स्ट्रोक, टर्बो चार्जिङ, अधिकतम ३६०० आरपीएममा ७६ कि.वा.प्रतिफल दिने बिजे४९३जेडएलक्युभि१(इसुजु प्रविधि) इन्जिन जडित र ८० लिटर क्षमताको इन्धन ट्यांकसहित अधितकम टर्क १९००–२२०० आरपिएममा २२५ एनएम भएको नयाँ अमार्क टिएक्स पिक अप समुहमा आवश्यक पर्ने हर प्रकारको व्यावसायिक आवश्यकताहरु पूरा गर्न सक्षम छ।

जुनै अवस्थाको सडकमा पनि सजिलै गुड्ने गरी बनाइएको पिकअपमा ६.५० आर १६ प्रकृतिको टायर प्रयोग गरिएको छ जुन ६ र १ जगेडा समेत गरी ७ वटा रहेका छन् र यसको ह्वीलबेस २८०० मिमि छ भनें जमिनबाटको उचाई (ग्राउण्ड क्लियरेन्स) न्यूनतम १९० मिमि रहेको छ।

कम्पनीका अनुसार यो पिकअप सबैभन्दा सुरक्षित, अत्यन्त एर्गोनोमिक र हिटर समेत भएको आरामदायी क्याबिनहरु, समायोज्य स्टेयरिङ पाङ्ग्रा र चौथो श्रेणीको वाइड एँगल लेन्ससहित निर्माण गरिएको छ। साथै पिक अपमा सबै खाले अडियो–रेडियोहरु, अक्जुलरी र एमपि ३ रहेका छन्, जुन १२ भोल्ट ब्याट्री र १२० एएच ब्याट्री एम्पीयरयुक्त छन्। 

यी सबका अतिरिक्त विश्व स्तरीय अमार्क टिएक्समा अत्यन्त भरपर्दो ब्रेकिङ प्रणालीहरु जडित छन्। यसमा सर्भिस ब्रेकको प्रकतिमा हाइड्रोलिक, फ्रन्ट÷रीयर ड्रम रहेका छन् भनें पार्किङ ब्रेक प्रकृतिमा सेन्ट्रल ड्रम ब्रेक र अक्जुलरी ब्रेक प्रकृतिमा एक्जाहस्ट ब्रेक रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .