नेपालमा टाटा मोटर्सका सवारीसाधनको एक मात्र वितरक सिप्रदी ट्रेडिङ प्रालि र एभरेष्ट बैंकबीच व्यावसायिक सम्झौता भएको छ।
दुई कम्पनीबीच ८० प्रतिशतसम्म ऋण प्रवाह गर्ने सम्झौता भएको हो।
योसँगै ग्राहकले टाटाका विद्युतीय गाडी किन्न एभरेष्ट बैंकबाट ८० प्रतिशतसम्म ऋण पाउनेछन्। टाटाका नेक्सन ईभी, टिगोर ईभी नेपालमा उपलब्ध छन्।
सम्झौताअनुसार व्यक्तिगत वा संस्थागत रुपमा ईभी किन्न ऋण पाइनेछ। ग्राहकले १२.८ प्रतिशत ब्याजदरमा सात वर्षसम्मका लागि ऋण पाउनेछन्। एभरेष्ट बैंकले गाडीको कुल मूल्यको ८० प्रतिशत रकम व्यहोरिदिनेछ।
राष्ट्र बैंकको कार्यविधि र निर्देशिकाअनुसार ऋण प्रवाह हुने बताइएको छ।
120
Shares
प्रतिक्रिया