कारोबार


बागमती प्रदेशका मोटरसाइकल धनीले बक्यौता कर फागुनसम्म बुझाए जरिवानामा छुट

बागमती प्रदेशका मोटरसाइकल धनीले बक्यौता कर फागुनसम्म बुझाए जरिवानामा छुट

फाइल तस्बिर (सरोज बैजू/नेपालखबर)


नेपालखबर
माघ २६, २०७९ बिहिबार १४:१८, काठमाडौँ

बागमती प्रदेशका सवारीसाधनको बक्यौता कर फागुनसम्म बुझाए सवारीधनीले जरिवानामा छुट पाउने भएका छन्। 

यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंले आज एक सूचनामार्फत उक्त जानकारी दिएको हो। 

सूचनामा बागमती प्रदेश आर्थिक ऐन, २०७९ को दफा १८ ले आर्थिक वर्ष २०७०।२०७१ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म तोकिएबमोजिम कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले संवत् २०७९ साल फागुन मसान्तभित्र सवारी साधन कर बुझाउन आएमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ वा प्रचलित कानून बमोजिम लाग्ने सो अवधिको जरिवाना छुटको व्यवस्था गरिएको उल्लेख छ। 

सूचनामा भनिएको छ, 'विगत आ.व. हरूदेखि कर तिर्न बाँकी भएका सवारी साधनका सवारीधनीहरूले उक्त व्यवस्थाको लाभ लिनुहुन सूचित गर्दै आफ्नो नाममा दर्ता कायम सवारीसाधनहरूको कर जरिवाना तथा नवीकरण दस्तुरहरू समयमै भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ । प्रयोगमा नभएका सवारीसाधनहरू चालू आ.व. सम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्नुहुन अनुरोध गरिन्छ । ट्राफिक कारबाहीमा परी प्रहरी कार्यालयमा रहेका सवारीका धनीहरूले अविलम्ब उक्त सवारी साधनको कर, नवीकरण तथा दण्ड दस्तुरहरू भुक्तानी गरी सवारीसाधन जिम्मा लिनुहोला ।' 

कार्यालयले सवारी कर भुक्तानी नगरेका सवारीसाधन एवं सवारीधनीहरूको लगत तयार गरी सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा कर सङ्कलनको कार्यलाई कडाइका साथ लागू गर्न गइरहेको र सवारीसाधन कर एवं नवीकरण र जरिवानाका रकमहरू सरकारी बक्यौता सरह असुलउपर गरिने भएकोले कुनै पनि सवारी साधनका सवारीधनीहरूलाई सवारीसाधन कर नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि बहानामा उन्मुक्ति नमिल्ने भएकोले समयमा नै सवारीसाधन कर तथा प्रचलित बक्यौता रकम भुक्तानी गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .